arrow

सरकारले मूल्यवृद्धि नियन्त्रण नगरेको नेपालको आरोप [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ११ बिहिबार
madhav-nepal-2080-06-10.jpg

काठमाडौं । नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सरकारले मूल्यवृद्धि नियन्त्रण नगरेको आरोप लगाएका छन् ।

बिहीवार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले मूल्यवृद्धि नियन्त्रण गर्न सरकारले राम्रो प्रयत्न नगरेको आरोप लगाएका हुन् । 

उनले दैनिक उपभोग्य वस्तुहरूको अन्धाधुन्ध रूपमा मूल्यवृद्धि भइरहेको बताए ।  मूल्यवृद्धि हुनुपर्ने कुनै औचित्य नहुँदा पनि मूल्यवृद्धि भइरहेको भन्दै उनले यसतर्फ सरकारको ध्यानाकर्षण गराए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ