arrow

१९औँ एसियाली खेलकुद

नेपालको पब्जी टोली दोस्रो चरणमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ११ बिहिबार
pubge.jpg

हाङझाउ (चीन) ।  १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत ई स्पोर्टस् विधामा पब्जी मोबाइलको पिस एलिट प्रतिस्पर्धामा नेपाली टोली दोस्रो चरणमा पुगेको छ । 

हाङझाउ स्पोर्टस् सेन्टरमा आज भएको समूह ‘सी’ को पहिलो चरणमा नेपाल दोस्रो स्थान हासिल गर्दै दोस्रो चरणमा प्रवेश गर्न सफल भएको हो । 

नेपाल सम्मिलित समूह सी मा मङ्गोलिया, दक्षिण कोरिया र भियतनाम रहेका छन् । दक्षिण कोरिया उक्त समूको शीर्ष स्थामा तथा नेपाल दोस्रो स्थानमा रह्यो । 

पब्जी स्पर्धामा नेपालको ५२ मिनेट २० दशमलव २८ सेकेन्ड तथा दक्षिण कोरियाको ४७ मिनेट २८ दशमलव ४६ सेकेन्डको समय रहेको थियो। योसँगै नेपाल क्वाटरफाइनलमा प्रवेश गरेको छ । 

पब्जीमा सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ ।  नेपालले दोस्रो चरणमा शुक्रबार प्रतिस्पर्धा गर्नेछ। 

दोस्रो चरणबाट उत्कृष्ट आठ टोली तेस्रो चरणमा प्रवेश गर्ने छन्। यसअघि समूह ‘ए’ बाट हङकङ, समूह ‘बी’ बाट चाइनिज ताइपेई तथा समूह  ‘डी’बाट इन्डोनेसिया दोस्रो चरणमा प्रवेश गरिसकेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ