arrow

चार समितिको बैठक बस्दै, यी विषयमा हुनेछ छलफल 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १२ शुक्रबार
Parliamentary_Committee.jpg.jpeg

काठमाडौं । आज अर्थ समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, पूर्वाधार विकास समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै छ ।   अर्थ समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा समितिको कार्यविधिको मस्यौदा माथि छलफल हुनेछ । 

बिहान ११ बजे नै बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासङ्घबाट समितिमा प्राप्त निवेदनका सम्बन्धमा महासङ्घका प्रतिनिधिहरू, गाउँपालिका र नगरपालिका महासङ्घका प्रतिनिधिहरू, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका मन्त्री,लगायतका पदाधिकारीहरूसँग क्रसर तथा खानी उद्योग सञ्चालन गर्दा भोग्नुपरेका समस्याहरू र उद्योग नवीकरणका सम्बन्धमा छलफल हुनेछ । 

त्यस्तै बिहान ११ बजे नै बस्ने पूर्वाधार विकास समितिको बैठकमा विद्युत् विधेयक, २०८० का प्राविधिक पक्षका सम्बन्धमा विज्ञसँग छलफल हुनेछ । 

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान १० बजे बस्ने छ । समितिको बैठकमा चिकित्सकहरूमाथि हुने गरेको दुर्व्यवहारको सम्बन्धमा गृह मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र स्वास्थ्यसँग सम्बन्धित सङ्घ संस्थाहरूसँग छलफल हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ