arrow

चिकित्सकका माग वार्तामार्फत सम्बोधन गर्न मन्त्रालयलाई निर्देशन [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १२ शुक्रबार
bhanubhakta-joshi-2080-10-11.jpg

काठमाडौं । चिकित्सकमाथि भएको घटना प्रति शिक्षा,स्वास्थ्य तथा सूचना प्रविधि समितिले गम्भीर ध्यानाकर्षण जनाएको छ । समितिले डा.तोषिमा कार्कीलाई आन्दोलनरत चिकित्सकसँग समन्वय गराउने भएको छ । 

शुक्रवार समितिले आन्दोलनरत चिकित्सकहरूका माग वार्तामार्फत सम्बोधन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिएको छ । बैठकले स्वास्थ्य सेवालाई मर्यादित, सुरक्षित, भयरहित बनाई निर्बाध रूपमा सेवा प्रवाह गर्ने वातावरण तयार गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको हो । 

बैठकका निर्णय सार्वजनिक गर्दै समिति सभापति भानुभक्त जोशीले चिकित्सकमाथि भएको यस प्रकारको दुर्व्यवहारको घटना प्रति समितिको गम्भीर ध्यानाकर्षण भएको बताए । उनले संसदीय समितिको तर्फबाट चिकित्सकका समस्या सम्बोधनका लागि भएका पहलकदमीबारे समिति सदस्य डा. तोषिमा कार्कीलाई आन्दोलनरत चिकित्सकलाई जानकारी गराउने जिम्मेवारी दिएको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ