arrow

आश्वासन समिति र समन्वय समितिको बैठक बस्दै 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १४ आइतबार
Parliamentary_Committee.jpg.jpeg

काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति र  राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बस्दै छ । 

सरकारी आश्वासन समिति  को बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । सुदूरपश्चिम प्रदेशमा सम्पन्न कार्यक्रमको समीक्षा सम्बन्धमा, समितिको वार्षिक प्रतिवेदन तयारी सम्बन्धमा, समितिबाट सरकारलाई समय समयमा दिइएका निर्देशनहरूको कार्यान्वयन अवस्था सम्बन्धमा छलफल हुनेछ । 

बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका मन्त्री र त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपतिलाई समिति बैठकमा आमन्त्रण गरिएको छ । 

त्यस्तै आज दिउँसो साढे १ बजे बस्ने राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा समितिगत विषयमा छलफल हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ