arrow

१९ औँ एसियाली खेलकुद

७४ रनमा समेटियो माल्दिभ्स, नेपाल १३८ रनले विजयी

नेपाल क्वाटरफाइनलमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १४ आइतबार
cricket-nepal-2023-08-30a.jpg

काठमाडौं ।   नेपालले टी- २० क्रिकेटमा माल्दिभ्सलाई हराएको छ ।  १९ औँ एसियाली खेलकुद (एसियाड) मा  नेपाली राष्ट्रिय क्रिकेट टिमले माल्दिभ्सलाई १३८ रनले हराएको हो ।

योसँगै नेपाल क्वाटरफाइनलमा पुगेको छ । 

टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय १२ रन बनाएको थियो ।

जवाफमा उत्रिएको माल्दिभ्स १९.४ ओभरमा सबै विकेट गुमाउँदै ७४ रनमा समेटिएको हो। 

खेलमा तीव्र गतिका बलर अभिनाश बोहराको ६ विकेट लिएका थिए ।  

खेलमा कप्तान रोहित पौडेलले २७ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ५२ रन बनाएका थिए । 

कुशल मल्ल २० बलमा ३ चौका र ३ छक्कासहित ४७ रनमा नटआउट रहे । 

दीपेन्द्र ६ रनमा आउट हुँदा सोमपाल कामी एक बलमा एक रन बनाए ।

यसअघि, ओपनर कुशल भुर्तेलले १८ बलमा ३५ रन बनाउँदै नेपाललाई राम्रो सुरुवात दिलाएका थिए । 

भुर्तेलले ५ चौका र १ छक्का प्रहार गरे । गुल्शन झाले पनि समान ३५ रन बनाए । 

उनले २१ बलको सामना गर्दै १ चौका र तीन छक्का प्रहार गरे ।

यसअघि नेपाललेले मङ्गोलियाविरुद्ध ३१४ रनको विशाल रन बनाएर टी- २० मा धेरै रनको रेकर्ड बनाएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ