arrow

कपिलवस्तुमा रक्तचन्दन बरामद

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १४ आइतबार
nepal-police12.jpg

कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले साढे छ क्विन्टल रक्तचन्दन बरामद गरेको छ । 

रक्तचन्दनसहित आठ जनालाई प्रहरीले नियन्त्रणमा लिएको कपिलवस्तुका प्रहरी उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए । पक्राउ पर्नेमा कपिलवस्तुको शिवराज नगरपालिका- ३ का टीकाराम पाण्डे, शिव भर, विकास पौडेल, सतिस पन्त, राम सेवक चौधरी, दीपक कार्की तथा अर्घाखाँचीको पाणिनी गाउँपालिका- ७ का गोकुल दर्लामी र मालारानी गाउँपालिका- ३ का नीमबहादुर नेपाली रहेको प्रहरी उपरीक्षक पौडेलले जानकारी दिए । 

अर्घाखाँचीबाट कपिलवस्तु ल्याउँदै गरेको छ सय ५३ किलो एक सय ५० ग्राम रक्तचन्दन बुद्धभूमि नगरपालिका-१ पत्थरकोटबाट नियन्त्रणमा लिइएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाले जानकारी दिए । 

रक्तचन्दन ढुवानीमा प्रयोग गरिएको लु २ च १६३९ नम्बरको बोलेरो जीप र ना ५ ख ७३८२ नम्बरको ट्रकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक थापाले बताउनुभयो । रक्तचन्दनको काठ र पक्राउ गरिएका व्यक्तिलाई डिभिजन वन कार्यालय कपिलवस्तु तौलिहवा पठाइएको प्रहरीले जनाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ