arrow

अर्थमन्त्री र सचिव समितिमा, मनी लाउन्डरिङ्ग निवारणमाथि छलफल

अर्थ, मानव अधिकार र विकास समितिको बैठक

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १५ सोमबार
Parliamentary_Committee.jpg.jpeg

काठमाडौं । आज अर्थ समिति कानून, न्याय तथा मानव अधिकार समिति र पूर्वाधार विकास समितिको बैठक बस्दै छ । 

अर्थ समितिको बैठक बिहान ११ बजे बस्दै छ । बैठकमा मुलुकको विद्यमान आर्थिक अवस्था र चालु आर्थिक वर्षको बजेट कार्यान्वयनको समीक्षा सम्बन्धमा अर्थमन्त्री र सचिव (अर्थ र राजश्व) सँग छलफल हुदैछ । 

कानून, न्याय तथा मानव अधिकार समितिको बैठक पनि ११ बजे बस्ने छ। बैठकमा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल गर्न गठित उपसमितिको कार्य प्रगति सम्बन्धमा छलफल हुनेछ ।

अर्को पूर्वाधार विकास समितिको बैठक पनि बिहान ११ बजे नै बस्दै छ । समितिको बैठकमा उपसमिति गठन र निर्माणाधीन सङ्घीय संसद भवनको स्थलगत निरीक्षणका बारेमा छलफल हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ