arrow

मन्त्री ज्वालालाई डाक्यो समितिले [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १५ सोमबार
deepak-singh-2080-10-15.jpg

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई पूर्वाधार विकास समितिले डाकेको छ । 

 दशैँ, तिहारजस्ता चाडपर्वलाई लक्षित गर्दै यातायातको व्यवस्थापनबारे सचेत गराउन मन्त्रीलाई समितिले डाकेको हो । 

असोज १७ गते बुधवार बस्ने समितिको बैठकमा मन्त्री ज्वालासहितका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका पदाधिकारी उपस्थित हुन समितिका सभापति दीपकबहादुर सिंहले निर्देशन दिएका छन् ।

बैठकमा मन्त्री ज्वाला समक्ष समितिका सदस्यहरूले दशैं, तिहारजस्ता चाडपर्वमा घर जाने यात्रुहरूका लागि आवश्यक यातायातको व्यवस्था गर्ने सम्बन्धमा ध्यानाकर्षण गराउने पनि सो समितिले जनाएको छ । 

पहिरोले तहसनहस बनाएका सबै सडकहरू पुनर्निर्माणको काम छिटो सम्पन्न गर्नका लागि  मन्त्रीसँगै उनीहरूले पहल गर्नेछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ