arrow

बँदेल मार्ने सरकारी योजना, हानिकारक वन्यजन्तु घोषणा गर्ने तयारी

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १५ सोमबार
badel.jpeg

काठमाडौं । सरकारले बँदेललाई मार्ने योजना बनाएको छ । त्यसका लागि कृषि हानिकारक वन्यजन्तुको रूपमा घोषणा गर्ने तयारी थालिएको छ ।  

सोमवार सिंहदरबारमा बसेको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा वन तथा वातावरण मन्त्रालयका सचिव डा. दीपककुमार खरालले तत्काल बँदेललाई कृषि हानिकारक वन्यजन्तुको रूपमा घोषणा गरेर जाने तयारी भइरहेको बताए ।

 उनले बाँदरमा संसद्मै सहमति गरेर वा सङ्कल्प प्रस्ताव पास गरेर नगईकन सरकारबाट सिधै मार्ने, पक्रने लगायतका काम गर्दा धार्मिक, सांस्कृतिक, पारम्परिक रूपमा प्रश्न उठ्ने बताए । उनले संसद र समितिले बाँदरका लागि दिने निर्देशनले मन्त्रालयलाई सोही अनुसारको योजना बनाएर काम गर्न हुने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ