arrow

अनुत्तीर्ण न्यायाधीशहरू नियुक्त भएको भनेपछि कानून मन्त्रीले पढेर सुनाए संविधानको धारा [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १५ सोमबार
dhanraj-gurung-2080-06-15.jpg

काठमाडौं । परीक्षा उत्तीर्ण हुन नसकेकाहरू न्यायाधीश नियुक्त भएको भनेपछि कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले संविधानको धारा पढेर सुनाएका छन् । सोमवार कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै मन्त्री गुरुङले जिल्ला न्यायाधीशहरूको नियुक्ति संविधानको व्यवस्था अनुरूप गरेको भन्दै संविधानको धारा पढेर सुनाएका हुन् । 

केही दिनअघि जिल्ला न्यायाधीश नियुक्त भएकाहरू न्याय सेवा आयोगले लिएको परीक्षा उत्तीर्ण हुन नसकेकाहरू पनि परेका भन्दै समिति बैठकमा सांसदहरूले विरोध जनाएका थिए । सांसदहरूले न्याय परिषद् र न्याय सेवा आयोगलाई नै समिति बैठकमा बोलाएर यसबारे छलफल गर्नुपर्ने बताएका थिए । 


सोही कुराको जवाफ दिँदै मन्त्री गुरुङले संविधानको धारा १४९ को उपधारा(२)(क) बमोजिम न्यायाधीशहरूको नियुक्तिका लागि सिफारिस गरिएको बताएका हुन् । उनले न्यायाधीश नियुक्तिमा न्याय परिषद् र न्याय सेवा आयोगले संविधानका विरुद्धमा काम नगरेको स्पष्ट पारे । उनले समितिले न्याय परिषद् र न्याय सेवा आयोगसँग पनि छलफल गर्न सक्ने बताए ।



नयाँ