arrow

पछिल्लो राजनीतिक उपलब्धि अहिंसात्मक बाटोबाटै प्राप्त : देउवा

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १६ मंगलबार
deuba-sher-bahadur-2080-8-21.JPG

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा पछिल्लो पटक भएको राजनीतिक उपलब्धी महात्मा गान्धीको अहिंसात्मक बाटोबाटै प्रेरित भएर भएको उल्लेख गरेका छन् ।

महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले १५४औँ गान्धी जयन्ती तथा अन्तर्राष्ट्रिय अहिंसा दिवसका अवसरमा सोमबार यहाँ आयोजना गरेको कार्यक्रममा उनले शुभकामना दिदै सो कुरा उल्लेख गरेका हुन् ।

अस्वस्थताका कारण कार्यक्रममा अनुपस्थित उनले दिएको लिखित शुभकामना मन्तव्यमा राजनीतिक परिवर्तनको उपलब्धिस्वरुप मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएर नयाँ संविधान जारी भएको उल्लेख छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ