arrow

अर्थ, सूचना प्रविधि र आश्वासन समितिको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १६ मंगलबार
Parliamentary_Committee.jpg.jpeg

काठमाडौं ।  आज तीन वटा समितिको बैठक बस्दै छ । 

अर्थ समितिको बैठक बिहान ११ बजे बस्ने छ । 

अर्थ समितिको बैठकमा मुलुकको विद्यमान आर्थिक अवस्था र चालु आर्थिक वर्षको बजेट कार्यान्वयनको समीक्षा सम्बन्धमा मा. अर्थमन्त्री र सचिव (अर्थ र राजश्व) सँग छलफल हुनेछ । 

 बिहान ११ नै बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा नेपाल विश्वविद्यालय विधेयक माथि छलफल हुनेछ । 

त्यस्तै प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठक बिहान साढे ११ बजे बस्नेछ । 

जसमा सरकारी आश्वासन कार्यान्वयन अवस्थाको सम्बन्धमा विद्यालय अनुगमनको समीक्षा हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ