arrow

कोशीको राजनीतिमा चिन्ता मडारिँदै, कार्कीले शनिबार विश्वासको मत लिने

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १७ बुधबार
Hikmat-karki-cm-koshi.jpg
तस्बिर – फाइल ।

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आउँदो शनिबार प्रदेश सभाबाट विश्वास मत लिने तयारी गरेका छन् । 

कार्यव्यवस्था परामर्श समितिको बैठकमा उनले २० असोज शनिबार बस्ने प्रदेश सभभा बैठकमा विश्वासको मतको प्रस्ताव गर्नेबारे छलफल भएको छ । 

२२ भदौमा प्रदेशसभाको ठूलो दलको नेताको हैसियतमा सर्वोच्च अदालतको परमादेशबाट मुख्यमन्त्री नियुक्त भएका कार्कीले २० असोजभित्र विश्वासको मत लिइसक्नु पर्ने संवैधानिक बाध्यता छ । 

तर उनले विश्वासको मत पाउने आधार देखिँदैन । कोशीको ९३ सदस्यीय प्रदेशमा एमालेका ४० सदस्यमात्रै छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ