arrow

दुर्गममा सुपथ मूल्यका पसल सञ्चालन गर्न निर्देशन [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १७ बुधबार
abdulkhan-2080-10.jpg

काठमाडौं । संसदीय समितिले कर्णाली प्रदेशका दुर्गम जिल्लाहरुमा नुन, चिनी, चामल, दाल लगयातका अत्यावश्यक वस्तुहरुको पर्याप्त व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ । 

बुधवार सिंहदरबारमा बसेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हीत समितिको बैठकले यस्तो निर्देशन दिएको हो । 

बैठकले नजिकिँदै गरेका चाडपर्वको समयमा अत्यावश्यक पर्ने मसलाजन्य वस्तुहरु (जिरा, मरिच धनिया, ल्वाङ, सुकुमेल लगायत) र अन्य खाद्य पदार्थमा भएको अस्वभाविक मूल्यवृद्धि, मिसावट, कृत्रिम अभाव, कालोबजारी, गैरकानूनी भण्डारण, जस्ता अनियमित गतिविधि हुन सक्नेतर्फ ध्यान दिँदै उपभोक्तालाई सुपथ र गुणस्तरीय उपभोग्य सामानहरु सहज रुपमा उपलब्ध हुने व्यवस्था मिलाउन पनि सरकारलाई निर्देशन दिएको छ । 

सरकारलाई निर्देशन दिँदै समिति सभापति अब्दुल खानले सरकारले चाडपर्व लक्षित सुपथ मूल्यका पसलहरु देशका दुर्गम र हिमाली जिल्लाहरु सहित विभिन्न स्थानहरुमा समेत थप गरी त्यस्ता पसलहरु बाट जनतालाई सहज रुपमा चाडपर्वका समयमा किनमेल गर्न पाउने वातावरण बनाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ