arrow

चाडपर्वको मौकामा वीरगञ्ज भन्सारका कर्मचारीहरु चौका हान्दै, राज्य कङ्गाल बन्दै 

logo
दीपेन्द्र चौहान,
प्रकाशित २०८० असोज १८ बिहिबार
birjung-custom-office.jpg

वीरगञ्ज । वीरगञ्ज भन्सार दिन प्रतिदिन कङ्गाल बन्दै गएको छ । तर त्यहाँका कर्मचारीहरु भने मालामाल भइरहेका छन् । यसो भइ आर्थिक अस्तव्यस्तता भइरहँदा पनि सम्बन्धित निकायले भने बेवास्ता गर्दै आएको छ । 

चाडपर्वको मौका छोपेर इलेक्ट्रोनिक, सौन्दर्य प्रशाधन, हार्डवेयर र ब्राण्डेड कपडाको अधिकतम खुद्रा मुल्य एमआरपी भएको वस्तुहरुको स्टिकर केरमेट गरी ६०–४० प्रतिशतको नयाँ नीति अपनाई वीरगगञ्ज भन्साका अधिकृतहरुले आफ्नो गोजी भरेर सरकारलाई कङ्गाल बनाउँदा पनि अर्थ मन्त्रालयको मौनता रहस्यमयी बनेको छ ।

स्थानीयहरुका अनुसार फलाम, टाली मार्बल र ग्रेनाईट बोकेका गाडीहरुमा तौल मारेर व्यापारीलाई पोस्ने र सरकारको राजस्व मार्ने काम दिन दहाडै जो कोहीले नाङ्गो आँखाले देख्न सकिन्छ। 

वीरगन्ज भन्सार कार्यालय अलौं नाकाबाट काम गराउने व्यापारी र क्लियरिङ एजेण्टहरुका सबैभन्दा प्रिय पात्र कर्मचारीहरुमा मधु खनाल, महिला अधिकृत अम्बिका केसी र सुब्बा विजय साह रहेका छन् ।

घुस नदिएकालाई दिनभर झुलाउने दिएकाहरुको काम फटाफट गरी हाल्ने बानी भएका यी भ्रष्ट प्रवृत्तिका कर्मचारीहरुलाई यदाकदा अर्थ मन्त्रालयमा केही दिनको लागि सोधपुछको नाउँमा बोलाउने र नजराना लिएर पठाउने कार्य निरन्तर जारी छ।

भन्सारको बेथितिबारे गत असोज ७ गते हाम्राकुराले प्रमुख भन्सार अधिकृत राजेन्द्र ढुङ्गानाको संलग्नता बारेमा तथ्यगत समाचार प्रकाशनमा ल्याएको थियो । उनी त्यसपछि मन्त्रालयमा गई सम्पर्क गरी पुनः काममा फर्किसकेका छन् ।

मुलुकको प्रमुख आम्दानीको श्रोत वीरगञ्ज भन्सार र सुख्खा बन्दरगाहलाई लुटको अखडा बनाइएको छ । कन्टेनर भित्रलोड गरी ल्याएको मालवस्तुहरु आयातकर्ताले घोषित गरेको हो होइन पत्ता लगाउन चिनियाँ सरकारले दिएको कन्टेनर स्क्यानर मेसिन विगत १२ वर्षदेखि बिगारेर राखिएको छ । 

अहिले लुटतन्त्रको मुख्य अखडा बनेको वीरगन्ज भन्सार र सुख्खा बन्दरगाहमा क–कसलाई पठाउने त्यसको अर्थ मन्त्रालयमा गृहकार्य भइरहेको बताइन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ