arrow

विधानसम्बन्धी विधेयक सर्वसम्मत स्वीकृत

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १८ बिहिबार
rastriyasabha-2080-06-18.jpg
तस्बिर-फाइल

काठमाडौँ । राष्ट्रियसभाको आजको दोस्रो बैठकमा विधायनसम्बन्धी विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ । 

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उक्त विधेयकलाई निर्णायार्थ प्रस्तुत गर्दै सर्वसम्मतिले स्वीकृत भएको सुनाएका हुन् ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले उक्त विधायनसम्बन्धी विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । 

उनले विधायनहरूको स्पष्ट अभिलेख राख्न र कानुन निर्माणमा एकरूपता कायम गर्ने उद्देश्यले विधेयक ल्याएको जानकारी दिए ।

राष्ट्रियसभाको अर्को बैठक यही असोज २३ गते मङ्गलबार ११ः०१ बजे बस्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ