arrow

सिनियर अहेब बिन्दु कोइरालाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १९ शुक्रबार
Akhtiyar-Durupayog-anusandhan-aayog.jpg.jpeg

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा चापाकोट स्याङ्जाका सिनियर अहेब बिन्दु कोइरालाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगले कोइराला विरुद्ध रु ९० लाख ३९ हजार छ सय २० बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोप लगाएको छ । 

सिनियर अहेब कोइराला सरकारी सेवामा २०५४ कात्तिक ५ गतेदेखि २०७८ मङ्सिर १ गतेसम्मको कोइरालाले आर्जन गरेको सम्पत्तिको विषयमा आयोगले अनुसन्धान गरेको छ ।

सो अवधिमा कोइरालाले रु दुई करोड ९७ लाख ८१ हजार आठ सय दुई बराबरको आय आर्जन गरेको पाइएको छ । 

सोही अवधिमा सिनियर अहेब कोइरालाले रु तीन करोड ८८ लाख २१ हजार चार सय २२ बराबरको खर्च तथा लगानी गरेको अनुसन्धानको क्रममा फेला परेको आयोगले जनाएको छ ।

कूल आयभन्दा खर्च तथा लगानी बढी रहेको तथा त्यसको स्रोतसमेत नखुलेको पाइएपछि आयोगले मिहिन रूपमा छानबिन गर्दा अनियमितता देखिन गएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

सार्वजनिक सेवाको पदमा रहेर आफ्नो पदीय दुरुपयोग गरी गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति श्रीमती गीता कोइरालाको नाममा बैंकमा जम्मा गरेको पाइएको छ ।

स्रोत पुष्टि हुन नसकेको सम्पत्ति जफथ गरी बिगो बमोजिम कारवाहीको माग दावी गर्दै मुद्दा दायर गरिएको प्रवक्ता दाहालले जानकारी दिए ।

आयोगले अहेब कोइराला र श्रीमती गीता विरुद्ध बिगो बमोजिम कारबाहीको माग दावी गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ