arrow

अल्झनमा कोशीको राजनीति

कोशीका मुख्यमन्त्री कार्कीले लिएनन् विश्वासको मत, दिए राजीनामा 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २० शनिबार
hikmatkumar-karki-2080-06-20.jpg

काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सभा राजीनामाको घोषणा गरेका छन् । उनले कोशी प्रदेश सभाको बैठकमा विश्वासको मत लिनुअघि नै सबै राजनीतिक दलसँग सहकार्यका लागि राजीनामा दिएका हुन् । 

उनले प्रदेशस भामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूले आ–आफ्ना दलीय आग्रह नछोडेमा जनचाहनाविपरीत मध्यावधि निर्वाचनमा जानुपर्ने चेतावनी दिँदै विश्वासको मत नलिने भन्दै राजीनामा दिने घोषणा घोषणा गरेका हुन् । 

उनले भने, ‘मैले आज विश्वासको मत लिनुअघि प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीको पदबाट राजीनामा बुझाउने निर्णय गरेको छु । त्यही निर्णय तपाईंहरूसमक्ष सुनाउनका लागि उभिएको छु ।’

उनले राजीनामा दिने जानकारी गराएसँगै प्रदेश सभा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ । 

अहिलेसम्म प्रदेशमा १६८ को ३ अनुसार एमालेले नेतृत्व सम्हालेको भए पनि अब भने १६८ को ५ अनुसार सरकार गठनका लागि आह्वान हुनेछ । 

प्रदेशमा भएका ९३ सदस्यमध्ये एमालेका उपसभामुखसहित ४०, कांग्रेसका २९, माओवादीका १३, राप्रपाका ६, नेकपा एसका ४ तथा जसपाका १ सांसद रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ