- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनील शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ठूला व्यापारीबाट करोडौँ रुपैयाँ असुली गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग आफ्नो कार्यालय मातहत राखेको आरोप लगाएका छन् ।
शनिबार सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयकमाथिको छलफलका क्रममा सिंहदरबारमा सांसद शर्माले चुनावी प्रयोजनका निम्ति करोडौँ रुपैयाँ असुली गर्न सो विभाग प्रचण्डले आफ्नो मातहतको कार्यालयमा राखेको ठोकुवा गरेका हुन् ।
उनले देशमा कानूनमाथि टेकेरै अपराध गर्ने काम भइरहेको भन्दै आक्रोशसमेत पोखेका छन् । उनले भने, ‘यो सम्पत्ति शद्धीकरण भन्ने चाहिँ प्रधानमन्त्री कार्यालयमा लगेर राखिएको छ के । यो किन राख्या भने’ नि माल खानका लागि राखेको हो । चुनावका बेला प्राइममिनिस्टर जोसुकै भए पनि प्राइममिनिस्टरहरूले ठूला व्यापारीहरूलाई ट्वाक्क चिठी काट्ने । छापा हान्न पठाउने अनि माल यति करोड भनेर लिने, अनि चुनाव लड्ने । यो देश यस्तो अपराधीकरण भएको छ कानूनमा टेकेर ।’
बोल्ने अन्य सांसदले पनि यो कदमको विरोध गरेका थिए ।