arrow

'मनी लाउण्डरिङ्ग' सम्बन्धी विधेयकको प्रतिवेदन समितिबाट पारित [भिडियो]

अब बन्ने नयाँ क्यासिनोहरु विदेशी सीमाबाट पाँच किलोमिटर भित्र

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २४ बुधबार
bimala-subedi-kanun.jpg

काठमाडौं । कानून, न्याय तथा मानव अधिकार समितिले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक पारित गरेको छ । 

मङ्गलवार समितिलाई उपसमितिले बुझाएको प्रतिवेदनमाथि छलफल गरी बुधवार समितिले पारित गरेको हो । 

उपसमितिले बुझाएको प्रतिवेदनमा उल्लेख भएको सहकारीको विषयमा विधेयकको सहकारी ऐन, २०७४ को दफा ५२ (दफा १८ को उपदफा २ झिक्ने) मा व्यक्तिगत बचतको अधिकतम सीमा २५ लाख हुने गरी प्रस्ताव भएको विषय हटाउने गरी सहमति भएको समिति सभापति विमला सुवेदीले बताइन् । 

उनकाअनुसार समितिले क्यासिनो सञ्चालनको सम्बन्धमा विदेशी सीमाबाट पाँच किलोमिटरको सीमा बाहिर आएर सञ्चालन गर्नुपर्ने कुरा थप गरी पारित गरिएको छ । 

तत्कालीन प्रचलित कानूनअनुसार ३ किलोमिटरको सीमा बाहिर सञ्चालन गर्ने गरिएका क्यासिनोहरु कायम राख्ने तर तत्कालीन अवस्थामा ३ किलोमिटरको सीमाको नियमअनुसार सञ्चालन नभएकाहरूको हकमा आगामी तीन वर्ष भित्रमा पाँच किलोमिटरको सीमा बाहिर आएर सञ्चालन गर्नुपर्ने प्रावधान प्रस्ताव गरिएको बताइन् ।

समितिको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले विधेयक समितिमा अड्काएर राख्न नहुने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ