arrow

अख्तियार प्रमुख राईले यसरी गराए सरकारलाई सचेत (भिडियो)

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २४ बुधबार
prem-kumar-rai-akhtiyar.jpg

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले मन्त्रिपरिषद्ले गर्ने नीतिगत निर्णयको सम्बन्धमा स्पष्ट परिभाषित हुनुपर्ने बताएका छन् । बुधवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै प्रमुख आयुक्त राईले मन्त्रिपरिषद्ले गर्ने नीतिगत निर्णयको सम्बन्धमा स्पष्टता आवश्यक रहेको बताएका हुन्  । 

उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग हालसम्म मन्त्रिपरिषद्ले गरेका सबै निर्णयहरू नीतिगत निर्णय भन्ने बुझाइमा रहेको बताए । उनले खरिदका र अप्ठ्यारो विषयहरूलाई मन्त्रिपरिषद्मा निर्णयका लागि पठाइने गरेको पनि बताए । उनले वास्तविक र गलत नीतिगत निर्णयको सम्बन्धमा स्पष्ट रूपमा परिभाषित हुनुपर्ने बताए । विभिन्न निर्णयहरूको सम्बन्धमा विवाद आउने गरेको भन्दै यस विषयमा गम्भीर रूपले सोच्नुपर्ने बताए ।

उनले भ्रष्टाचार गरेर पैसा अरूलाई लिन लगाउने प्रवृत्ति बढेको बताए । उनले सार्वजनिक पद धारण नगरेका व्यक्तिलाई घुस लेनदेन गराउने गरिएको भन्दै अनौपचारिक रूपमा लेनदेन गर्नेहरूलाई पनि भ्रष्टाचार गरेको ठहर्ने गरी कानूनी दायरामा ल्याउन जरुरी रहेको बताए ।

उनले अनुचित लेनदेनको कुरा अख्तियारले हेर्न नपाउने गरेको भन्दै यसले पनि अनुसन्धानमा असर परिरहेको बताए । अनुचित लेनदेनबाट भ्रष्टाचार भएको अवस्थामा सो विषय अख्तियारले हेर्न सक्ने गरी कानून बनाउनुपर्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ