परराष्ट्र मन्त्री आजै नेपालीलाई लिन इजरेल जाँदै [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८० असोज २४ बुधबार
689
Shares
काठमाडौं । सरकारले इजरेलमा रहेका नेपालीहरूलाई लिन राति ११ बजे नेपाल एयरलाइन्स पठाउने निर्णय गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले राति ११ बजे परराष्ट्र मन्त्री नारायणप्रकाश साउदको नेतृत्वमा विमान इजरेल जाने निर्णय गरेको हो ।
बैठकपछि निर्णय सुनाउँदै कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले नेपाल आउन चाहने नेपालीलाई लिनका विमान जाने र आफैँ जहाजमा चढेर आउन चाहे पनि त्यस्ता व्यक्तिको भाडा सरकारले तिर्ने निर्णय भएको बताए ।