arrow

बलात्कार आरोपमा मुद्दा खेपिरहेका सन्दीपले त्रिकोणात्मक श्रृंखला नखेल्ने 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २६ शुक्रबार
sandeep-lamichhane-2080.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नाबालिग बलात्कार आरोपमा मुद्दा खेपिरहेका क्रिकेट खेलाडी सन्दीप लामिछानेले नेपालले खेल्ने त्रिकोणात्मक श्रृंखलाबाट आफ्नो नाम फिर्ता लिएका छन् । नेपालले कात्तिक १ गतेदेखि १० गतेसम्म काठमाडौँको मूलपानीमा त्रिकोणात्मक श्रृंखला खेल्ने तयारी गरिरहँदा सन्दीपले नेपाली टिमबाट नाम फिर्ता लिने घोषणा गरेका हुन् ।

क्यानले टी–२० विश्वकप छनोटको तयारी स्वरुप कात्तिक १ गतेदेखि यूएई र हङकङसहित त्रिकोणात्मक क्रिकेट सिरिज गर्दैछ । नेपालले यूएईसँग खेल्दै प्रतियोगिताको शुरुआत गर्नेछ ।

डबल राउण्ड रोबिनका आधारमा हुने सिरिजको फाइनल खेल कात्तिक १० गते मुलपानी मैदानमा हुने कार्यक्रम रहेको छ । सोही श्रृंखलामा सन्दीप नखेल्ने भएका हुन् । 

‘म आफ्नो जीवनको कठिन र चुनौतीपूर्ण समयबाट गुज्रिरहेको छु । र मलाई लागेको छ कि म आफैँलाई पुनर्जीवित गर्नुपर्ने आवश्यकता छ । र मैले यो समय परिवारसँग बिताउन आवश्यक ठानेको छु’ सन्दीपले भनेका छन् ।

गत वर्ष भदौ २१ गते उनीमाथि बलात्कार आरोपमा मुद्दा चलेको भए पनि अहिलेसम्म टुंगोमा पुगेको छैन । तर अदालतले भने उनीमाथि सदासयता देखाउँदै जेलमा राखेर मुद्दाको किनारा लगाउनुको सट्टा बाहिर बस्नमात्र दिएको छैन पटक पटक विदेशमा समेत क्रिकेट खेल्न जान दिएको छ । 

उनी पछिल्लो समय मानसिक रुपमा तनावमा देखिन्छन् । उनले राष्ट्रिय टिमबाट समेत आफ्नो उत्कृष्ट दिन सकिरहेका छैनन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ