arrow

युद्धग्रस्त इजरेल [फोटोफिचरसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक ४ शनिबार
israel-2080-07-04 (10).jpg

इजरेल । गत असोज २१ गते गाजाको अतिवादी इस्लामिस्ट समूह हमासले इजरेलमाथि आक्रमण गरेपछि शुरू भएको इजरेल–हमास युद्धमा अहिलेसम्म नेपाली १० जना विद्यार्थीहरूसहित ३७०० मानिसको मृत्यु भइसकेको छ । 

हमासले गरेको उक्त आक्रमणमा परी इजरेलमा १२०० भन्दा बढीले ज्यान गुमाएका छन् भने इजरेलले गरेको जवाफी हमलामा गाजा शहरमा पनि २५०० भन्दा बढी मानिस मारिएका छन् । 

नेपालबाट ‘लर्न एण्ड अर्न’ कार्यक्रम अन्तर्गत इजरेल पुगेका नेपालीको पनि नृशंस हत्या गरिएको हो । यो आक्रमणमा हजारौँ घाइते भएका छन् । इजरेलमा मृत्यु हुनेमा १० जना नेपालीसहित अरू धेरै मुलुकका विदेशी नागरिक पनि छन् । 

 द न्यूयोर्क टाइम्सका अनुसार हमासका लडाकुहरू इजरेलमा पसेर विभिन्न गाउँमा नरसंहार मच्चाएका थिए। इजरेलले गरेको जवाफी कारबाहीमा गाजामा पनि हमास लडाकुसँगै धेरै सर्वसाधारणको मृत्यु भएको छ। 

इजरेल र गाजाको अहिलेको विध्वंसात्मक हमला यत्तिकै भएको होइन । यसको सम्बन्ध निकै पुरानो छ । यस किसिमका हमला विगतमा पनि पटक–पटक हुँदै आएका छन् । 

यी दुईबीच मुख्यगरी जेरुसेलम, सीमाना, भूमि, यहुदी बसोबास र प्यालेस्टेनी शरणार्थीको मुद्दामा विवाद रहेको छ। इजरेलले संयुक्त राष्ट्र संघबाट सदस्य राष्ट्रको मान्यता पाइसकेको भए तापनि प्यालेस्टाइनले भने पूर्ण सदस्यता पाएको छैन । 

प्यालेस्टाइन स्वतन्त्र राष्ट्रको रूपमा मान्यता पाउन संघर्षरत छ। संयुक्त राष्ट्रसंघ लगायतका विश्वका थुप्रै राष्ट्रले इजरेल र प्यालेस्टाइनलाई छुट्टाछुट्टै राज्यको रूपमा मान्यता दिन प्रयासरत रहेको भएता पनि अहिलेको इजरेली सत्ताले यो स्वीकार्न चाहँदैन । 

उसले पूरै भूमिलाई इजरायल बनाउन खोजिरहेको छ।  सो युद्धका कारण गाजा क्षेत्रका विभिन्न शहरहरूमा खानेपानी, खाद्यान्न, औषधि तथा इन्धनको ठूलो संकट देखिएको र लाखौँ मानिस गाजाबाट विस्थापितसमेत भएका छन् । 

इजरेलको किबूत क्षेत्रको सडकमा कारहरु जलेर खरानी भएको, घरहरूमा रकेट प्रहारबाट क्षति पुगेकोसमेत देख्न सकिन्छ ।

israel-2080-07-04 (1).jpg
israel-2080-07-04 (2).jpg
israel-2080-07-04 (3).jpg
israel-2080-07-04 (4).jpg
israel-2080-07-04 (5).jpg
israel-2080-07-04 (6).jpg
israel-2080-07-04 (7).jpg
israel-2080-07-04 (8).jpg
israel-2080-07-04 (9).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ