arrow

अङ्गोला गए अध्यक्ष तिमिल्सिना

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक ५ आइतबार
ganesh-prasad-timalsina-back.jpg
तस्बिर-फाइल

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना अफ्रिकी मुलुक अङ्गोला गएका छन् ।  अङ्गोलाको लुवान्डामा आयोजना हुने अन्तर व्यवस्थापिका सङ्घ (आइपियु) को १४७ औँ महासभामा भाग लिने नौ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार राति त्यसतर्फ गएका हुन् । 

महासभामा अध्यक्ष तिमिल्सिनाले नेपालको सङ्घीय संसद्का तर्फबाट सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।  

प्रतिनिधिमण्डलमा राष्ट्रियसभाका सदस्यद्वय जीतेन्द्रनारायण देव र कुमार दसौँदी, प्रतिनिधिसभाका सदस्य रुपासोसी चौधरी र सन्तोष परियार सङ्घीय संसद्का महासचिव भरतराज गौतम, सहसचिव बबिता मिश्र, उपसचिव त्रिविक्रम पराजुलीलगायत छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ