arrow

मुगुमा एकै परिवारका चार जनाको सामूहिक हत्या 

logo
नृपेन्द्रबहादुर मल्ल, 
प्रकाशित २०८० कार्तिक १० शुक्रबार
crime-final-everytime-use.jpg
तस्बिर – फाइल ।

मुगु । मुगुस्थित एक गाउँमा आमासहित दुई छोरा र एक छोरीको हत्या भएको छ । छायाँनाथ रारा नगरपालिका वडा नं ६ मन्दु गाउँकी २६ वर्षीया श्रीदेवी बोहोरा र उनका  ११ वर्षीय छोरा मनोज बोहोरा १ वर्षीय छोरा रहर बोहोरा  र ७ वर्षीया छोरी अप्सरा बोहोराको हत्या भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक वीरेन्द्र थापाले जानकारी गराए । 

शुक्रबर बिहान ११ बजे खबर पाउना साथ घटनास्थलमा विस्तृत विवरण बुझ्न प्रनाउ थापाको नेतृत्वमा प्रहरी पुगेको थियो ।

प्रारम्भिक अनुसन्धान अनुसार मृतक आमा श्रीदेवी बोहोरा छोरा छोरीसहित ७ गते बिहान दशैँको टीका थाप्न सोही वडामा रहेको माइती गाउँ कोटिल्ला गएका थिए । 

८ गते बेलुका घर फर्केका उनीहरुको सोही राति हत्या भएको अनुमान गरिएको छ । ९ गते बिहानै देखि घर बाहिर ताला लगाएको देखिएपछि छिमेकीहरुले बिहानै सिमी टिप्न खेत गरातिर गएका होलान् भन्ने सोचेका रहेछन् ।

१० गते बिहान पनि घरमा ताला लगाएको देखेपछि गाउँलेहरुले फेरि माइती गएकी भनी माइतीमा फोन गर्दा ८ गते नै गएको भनेपछि गाउलेहरुले शुक्रबार बिहान १० बजेतिर ढोकाको ताला तोडी भित्र हेर्दा चारै जनाको हत्या भएको देखेका थिए ।
मृतकमा श्रीमान् वैदेशिक रोजगारीमा रहेका छन् । 

कसले के उद्देश्यले हत्या गर्यो त्यो खुल्न सकेको छैन । सबै क्षेत्रबाट विस्तृत अनुसन्धान गरी हत्यारा पत्ता लगाइ कानूनको कठघरामा उभ्याइ छाड्ने प्रनाउ विरेन्द्र थापाले बताए ।

हत्या गरिएका चारै जनाको शव पोष्ट मार्टमका लागि जिल्ला अस्पताल मुगुमा राखिएको छ ।

घटनास्थल जिल्ला सदरमुकाम गमगढीबाट ३ घण्टा पैदल दक्षिण पूर्वमा रहेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ