arrow

विष्णुकृष्ण श्रेष्ठको निधनप्रति बैंकिङ क्षेत्र मर्माहत

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १० शुक्रबार
bishnukrishna-shrestha-everest-bank.jpg

काठमाडौँ । नेपालको बैंकिङ क्षेत्रका अग्रज व्यक्तित्व एवं प्रतिष्ठित एभरेष्ट बैंकका संस्थापक एवं अध्यक्ष विष्णुकृष्ण (बिके) श्रेष्ठको निधनप्रति बैंकिङ क्षेत्रले दुःख व्यक्त गरेको छ । 

श्रेष्ठको ९४ वर्षको उमेरमा कात्तिक ६ गते मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । उनको निधनप्रति बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) परिवारले स्तब्ध एवं मर्माहत भएको जनाएको छ । 

विज्ञप्तिमा भनिएको छ, ‘उहाँको अवसानले नेपालको बैंकिङ क्षेत्रमा अपुरणीय क्षति पुगेको हामीले महसुस गरेका छौँ ।’

कुशल नेतृत्व क्षमता, नविन एवं दूरदर्शी सोचहरुलाई नेपालको बैंकिङ क्षेत्रमा लागू गर्दै आएका श्रेष्ठको निरन्तरको योगदानबाट एभरेष्ट बैंक दिगो, अब्बल र विश्वासिलो बैंकको रुपमा स्थापित हुन सफल भएको हो । 

भारतीय पञ्जाब नेशनल बैंकलाई ज्वाइन भेञ्चरको रुपमा नेपालमा प्रथम पटक सफलपूर्वक भित्र्याउनु भएका श्रेष्ठको उक्त पहलले बैंकलाई थप उचाइसमेत प्रदान गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपालको बैंकिङ क्षेत्रमा यहाँले पुर्याएको अमूल्य योगदानहरुप्रति हामी खुला हृदयले उच्च सम्मान व्यक्त गर्दछौँ । उहाँका युगान्तकारी कर्म र पहलहरु नेपालको बैंकिङ इतिहासमा स्वर्णिम अक्षरमा दर्ज हुनेमा हामी पूर्ण विश्वस्त छौँ । जीवनको अन्तिम समयसम्म पनि गुणस्तरीय, विश्वासिलो र सर्वसुलभ बैंकिङ सेवाको विकास एवं विस्तारमा क्रियाशिल रहनुभएका श्रेष्ठका उदाहरणीय कार्यहरु हामी सबैका लागि उत्प्रेरणा र ऊर्जाको स्रोत बनिरहने छन् ।’ 

अगाडि भनिएको छ, ‘यस दुःखद घडीमा दिवंगत आत्माको चीरशान्तिको कामनासहित भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछौँ । अभिभावकत्व गुमाई दुःखद क्षणमा रहनुभएका परिवार, आफन्त र एभरेष्ट बैंक परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछौ ।’

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ