arrow

एभरेस्ट बैङ्क र एनसीएचएलबीच अलीपेमार्फत नेपालपे क्यूआरमा अन्तर्देशीय भुक्तानी गर्ने सम्झौता

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक २६ सोमबार
everest-bank-alipay-nepal-pay-mou-2024-2081.jpg

काठमाडौँ। एभरेस्ट बैङ्क लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेडबीच अलीपे प्लसको नेटवर्कमा रहेका सदस्य वालेटहरू मार्फत नेपालपे मर्चेन्टहरूका क्यूआरमा अन्तर्देशीय भुक्तानी गर्नका लागि सम्झौता भएको छ। उक्त सम्झौता पत्रमा बैङ्कका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्ग तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन्।

यस सम्झौता अन्तर्गत नेपालमा रहेका नेपालपे क्यूआर तथा यसका अन्तर-सञ्चालित क्यूआरको मर्चेन्ट क्यूआरमा अलीपे प्लसको नेटवर्क मार्फत भुक्तानी गर्न सकिने छ। चाइना, हङ्गकङ्ग, सिंगापुर, मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, मङ्गोलिया, थाइल्यान्ड, साउथ कोरिया, स्विडेन तथा इटली लगायतका देशहरूबाट नेपाल आएका पर्यटकहरूले आनो डोमेस्टिक वालेट मार्फत नेपालमा रहेका नेपालपे क्यूआर तथा यसका अन्तर-सञ्चालित क्यूआरमा सजिलै भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ।

अलीपे प्लसको नेटवर्कमा ६६ वटा विभिन्न ग्लोबल मार्केट अन्तर्गत ३० भन्दा बढी इसुइङ्ग उपकरण, ३०० भन्दा बढी नेटवर्क प्राप्त गर्दै, ९ करोड भन्दा बढी ग्लोबल मर्चेन्टहरू आबद्ध रहेका छन्। अलीपे प्लसको नेटवर्कमा अलीपे चाइना, ओसीबीसी, च्याग्गीपे, जीक्याश, अलीपेएचके, हिपे, काकोपे, टोसपे, नाभेरपे, टीएनजीडी, पीबीबी, ट्रूमनी, एमपे, टीनाबामार्फत अन्तर्देशीय भुक्तानीहरू गर्न सकिने व्यवस्था रहेको छ।

एनसीएचएलले अलीपे प्लससँग अन्तर्राष्ट्रिय भुक्तानी साझेदारका रूपमा आबद्ध भई दुई नेटवर्कबीच भुक्तानी सुचारु गर्नका निम्ति आवश्यक व्यवस्था मिलाइसकेको छ।

यस पहल अनुरूप अब एभरेस्ट बैङ्कसँग सो भुक्तानी सेवा कार्यान्वयन गर्नका निम्ति सम्झौता भएको हो। नेशनल पेमेन्ट स्विच अन्तर्गतको  नेपाल क्यूआर मापदण्ड कार्यान्वयन गर्न नेपालपे क्यूआर  एक स्वतन्त्र  क्यूआर स्किमको रूपमा सञ्चालन हुनुको साथै मर्चेन्ट तथा नेटवर्क लेभलको अन्तर आबद्धता कायम गर्न स्थापना भएको पूर्वाधार हो। हाल नेपालपे क्यूआरको नेटवर्कमा ८ लाख ५० हजार भन्दा बढी (अन्तर-सञ्चालित क्यूआर समेतका) मर्चेन्टहरू आबद्ध रहेका छन्।

एभरेस्ट बैङ्कले आफ्ना ३९ हजार एक सय ६७ डेलिभरी च्यानल, नेपालमा रहेका १० हजार ९८ शाखा, नेपालबाहिर रहेका २ वटा शाखा, १३ हजार ३ सय ५० एटिएम तथा १५ हजार ७ सय १९ बिजनेस करेस्पोन्डेन्टहरूमार्फत आफ्ना १४ लाख ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ।

बैङ्कले नेपालपे क्यूआरमा २३ हजार भन्दा बढी मर्चेन्टहरू आबद्ध गरिसकेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ