एभरेष्ट बैङ्कद्वारा ‘ग्लोबल मनी वीक २०२५’ कार्यक्रम सम्पन्न
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ११ सोमबार
394
Shares
काठमाडौँ। नेपाल राष्ट्र बैङ्कको संयोजनमा एभरेष्ट बैङ्कले ‘ग्लोबल मनी वीक २०२५’ को अवसरमा वित्तीय साक्षरता कार्यक्रमहरू सम्पन्न गरेको छ। सप्ताहव्यापी अभियानअन्तर्गत २०८१ साल चैत ४ गतेदेखि देशभर विभिन्न कार्यक्रमहरू सञ्चालन गरिएका थिए।
कार्यक्रम अन्तर्गत ७ वटै प्रदेशका विभिन्न शाखाहरूमार्फत विद्यालय तथा क्याम्पसहरूमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरी तीन हजार भन्दा बढी विद्यार्थीलाई वित्तीय ज्ञान प्रदान गरिएको छ। साथै, केही विद्यार्थीलाई बैङ्क शाखाको अवलोकन गराई बैङ्किङ सेवासम्बन्धी जानकारी दिइएको थियो।
विचारपूर्वक निर्णय गरौँ, भोलि स्मार्ट वित्तीय भविष्य बनाऔँ" भन्ने नारासहित सम्पन्न कार्यक्रमहरूमा युवाहरूलाई वित्तीय ज्ञान, सीप, वित्तीय मनोवृत्ति, वित्तीय समावेशीकरण, सचेतना, सुरक्षित डिजिटल कारोबार, बैङ्किङ सेवाहरू, र सावधानीका विषयमा जानकारी दिइएको थियो।
एभरेष्ट बैङ्कको संरचना र सेवा विस्तार
पन्जाब नेशनल बैङ्क (भारत) सँग संयुक्त साझेदारीमा स्थापित एभरेष्ट बैङ्कका हाल:
१४ लाखभन्दा बढी ग्राहक
देशभर १३१ शाखा, ४ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, १६७ एटिएम सेवा
अत्याधुनिक मोबाइल, इन्टरनेट, र एसएमएस बैङ्किङ सुविधा
नेपाल सरकारको राजस्व सङ्कलनका लागि ३२ वटा सङ्कलन केन्द्रबाट सेवा
भारतको नयाँ दिल्लीसहित अन्य मुलुकमा प्रतिनिधि कार्यालय स्थापना
एभरेष्ट बैङ्कले आगामी दिनहरूमा पनि वित्तीय साक्षरतासम्बन्धी थप कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।