- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । एभरेष्ट बैंकले वर्ष २०८०–८१ मा तीन अर्ब ७० करोड रुपैयाँ नाफा कमाएको छ । बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार यो अवधिमा बैंकको नाफा सो बराबर देखिएको छ ।
यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा झण्डै १० प्रतिशत बढी हो । अघिल्लो वर्षको सोही अवधिमा बैंकको नाफा ३ अर्ब ३६ करोड रुपैयाँ रहेको थियो ।
बैंकको नाफा बढ्नुमा इम्पेरिमेन्ट चार्जमा गर्नुपर्ने प्रोभिजन घट्नु मुख्य कारण देखिएको छ । त्यसबाहेक यो अवधिमा बैंकले खुद ब्याज आम्दानी, कमिसन तथा शुल्कसम्बन्धी आम्दानी एवं तथा व्यापारमूलक गतिविधिबाट हुने आम्दानीमा समेत सुधार देखिएको छ ।
अघिल्लो वर्ष यो शीर्षकमा ७७ करोड रुपैयाँ छुट्याएको बैंकले यो वर्ष २८ करोड रुपैयाँ मात्रै छुट्याएको छ । त्यस्तै, खुद ब्याज आम्दानीतर्फ ७ अर्ब ४१ करोडबाट ७ अर्ब ६६ करोड पुगेको छ भने शुल्क तथा कमिसनसम्बन्धी आम्दानी पनि १ अर्ब ७ करोडबाट १ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, व्यापारमूलक गतिविधिबाट हुने आम्दानी पनि १८ करोडबाट ३३ करोड रुपैयाँ पुगेको छ ।
योसँगै कर्मचारी खर्च र सञ्चालन खर्च समेत सामान्य बढेको छ । कर्मचारी खर्च २ अर्ब १२ करोडबाट बढेर २ अर्ब २८ करोड तथा सञ्चालन खर्च ७३ करोड रुपैयाँबाट बढेर १ अर्ब ३ करोड रुपैयाँ पुगेको हो । आम्दानीभन्दा खर्च कम हुँदा यो अवधिमा बैंकको नाफा बढ्न पुगेको हो ।
नफामा सन्तोषजनक अवस्था रहेको बैंकले वितरणयोग्य नाफातर्फ पनि बैंकले सन्तुलन कायम गरेको छ । उठ्न बाँकी ब्याजका कारण रेगुलेटरी रिजर्भमा ठूलो रकम छुट्याउनु परेको अवस्थाबीच बैंकले झण्डै ३० प्रतिशतसम्म लाभांश क्षमता प्रस्तुत गरेको छ । अघिल्लो वर्ष नाफा वितरणमा देखाएको संयमताका कारण बैंक यो वर्ष नाफा र वितरणयोग्य नाफा दुवैमा अग्र स्थानमा देखिएको हो ।
यो वर्ष बैंकको निष्क्रिय कर्जा अनुपात बढेको छ जुन बैंकिङ क्षेत्रकै सबैभन्दा कम हो । बैंकको लोनलस प्रोभिजन जम्मा निष्क्रिय कर्जाको २६१ प्रतिशत रहेको छ ।
बैंकको कस्ट अफ फण्ड ५.६४ प्रतिशत, बेसरेट ७.२९ प्रतिशत तथा ब्याजको स्प्रेड दर ३.९८ प्रतिशत रहेको छ ।