arrow

एकै परिवारका चार जनाको सामूहिक हत्या 

मुगु सामूहिक हत्या प्रकरणमा एक जनालाई प्रहरीले लियो नियन्त्रणमा

logo
नृपेन्द्र बहादुर मल्ल,
प्रकाशित २०८० कार्तिक १३ सोमबार
mugu-hatya.jpg

मुगु । मुगु स्थित छायानाथ रारा नगरपालिका वडा न ६ मन्दु गाउँमा एकै परिवारका चार जनाको सामूहिक हत्या भएको ४ दिन पछि प्रहरीले एक जना शङ्कास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ । 

आइतबार दिउँसो अन्दाजी १२ बजे तिर जिल्ला सदरमुकाम गमगढी स्थितबीच बजार (नगरपालिका जाने बाटो ) बाट प्रहरीले शङ्कास्पद ती व्यक्तिलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले नियन्त्रणमा लिएको ती व्यक्ति बारेको विस्तृत सूचना भने गोप्य राखेको छ । हत्या अनुसन्धानका लागि ११ गते नै जुम्ला,कोहलपुर र कर्णाली प्रदेश प्रहरी कार्यालयबाट विशेष अनुसन्धान टोली मुगु पुगी अनुसन्धान गरि रहेको थियो ।

आइतबार बिहान हत्यारा नजिक प्रहरी पुगी सकेको प्रनाउ वीरेन्द्र थापाले बताएका थिए। प्रनाउ थापाले भने 'शङ्कास्पद र अनुसन्धानले नजिक पुर्‍याएको एक जना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको साचो हो यकिन र विस्तृत घटना बारे थप अनुसन्धान पछि सबै कुरा सार्वजनिक गरिने छ ।'

यसैबीच कर्णाली प्रदेश प्रहरी प्रमुख भीम ढकाल आइतबार मुगु पुगेका छन् । अनुसन्धानमा भएका प्रगति बुझ्न र अनुसन्धानलाई थप सहयोग गर्न ढकाल मुगु पुगेका हुन् । प्रदेश प्रहरी प्रमुख ढकाललाई प्रनाउ वीरेन्द्र थापाले घटना स्थलको स्थलगत भ्रमण गराएका थिए ।

कर्णाली प्रदेश, जुम्ला र कोहलपुरबाट कुकुरसहितको प्रहरीको अनुसन्धान टोली यसअघि नै मुगु पुगेको छ। यो टोलीले शनिबारेदेखि अनुसन्धानको काम जारी राखेको छ। शुक्रबार मन्दु गाउँकी २८ वर्षीया श्रीदेवी बोहरा र उनका ११ वर्षीय छोरा मनोज बोहरा, ८ महिनाका छोरा रहर बोहरा र ८ वर्षीया छोरी अप्सरा बोहराको शव घरभित्रै फेला परेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ