arrow

दुई संसदीय समितिको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १३ सोमबार
Parliamentary_Committee.jpg.jpeg

काठमाडौँ । आज एकैपटक दुई वटा संसदीय समितिको बैठक बस्दैछ ।  पूर्वाधार विकास समिति र विधायन व्यवस्थापन समितिको बेठक बस्दैछ । दुबै बैठक ११ बजेबाट शुरु हुनेछ । 

पूर्वाधार विकास समितिको बैठकमा दशैँ, तिहार तथा छठ लगायतका पर्वहरुमा देशभर ठूलो संख्यामा यात्रुहरुको आवत जावत हुने हुँदा सडक पूर्वाधारको अवस्था र यात्रुहरुलाई सहज रुपमा यातायातको प्रवन्ध गर्न दिएको निर्देशन र सो सम्बन्धमा मन्त्रालयले गरेको कामको समिक्षा, ललितपुर ग्वार्कोस्थित फ्लाई ओभर, कालिमाटीस्थित विष्णुमती खोलामा निर्माण सम्पन्न भइ सञ्चालनमा नरहेको पुल र चक्रपथ बिस्तार आयोजना अन्तर्गतको कलंकीदेखि वसुन्धरा क्षेत्रको स्थलगत निरीक्षणका बारेमा छलफल हुनेछ । 

त्यस्तै विधायन व्यवस्थापन समितिको बैठकमा राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ माथि छलफल हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ