arrow

राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक संसद्मा पेश गरिँदै [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १३ सोमबार
jayanti-devi.jpg

काठमाडौँ । विधायन व्यवस्थापन समितिले बनाएको उपसमितिको बैठकले राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ मंगलबारको संसद बैठकमा प्रस्तुत गर्ने निर्णय गरेको छ । 

सोमवार सिंहदरबारमा बसेको समितिको बैठकमा उपसमितिले विधेयक प्रस्तुत गरेसँगै समितिको बैठकमा छलफल गरी यस्तो निर्णय गरेको हो । 

बैठकले मंगलवार बस्ने राष्ट्रिय सभाको बैठकमा राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ माथिको प्रतिवेदन बैठकमा प्रस्तुत गर्ने निर्णय गरेको समिति सभापति जयन्तीदेवी राईले बताइन् । राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ माथि समितिमा आज छलफल भएको हो ।

छलफलपछि समितिका निर्णय सुनाउँदै उनले यो विधेयक अगाडि नै आउनुपर्ने भए पनि ढिलो गरेर भए पनि आएको बताइन्। उनले छलफल उपलब्धिमूलक भएको र विधेयकको प्रतिवेदन मंगलवारको संसद बैठकमा पेश हुने बताइन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ