arrow

दशैँका यात्रु ठगिँदा सरकार तमासे, गन्ध मिलेमतोको [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १३ सोमबार
pradeep-poudel-new.jpg

काठमाडौँ । दशैँका यात्रु ठगिँदा सरकार तमासे बनेको आरोप सांसदहरूले लगाएका छन् । आज बसेको पूर्वाधार विकास समिति बैठकमा बोल्दै सांसदहरूले सरकारले दशैँका बेला सार्वजनिक यातायातमा सर्वसाधारण ठगिने क्रम रोक्न नसकेको आरोप लगाए । 

समिति बैठकमा बोल्दै नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभाका सांसद प्रदीप पौडेलले यो पटक को दशैँमा सर्वसाधारण यात्रु चार गुणाले ठगिएको दाबी गरे । उनले सरकारले दशैँका बेला सार्वजनिक यातायातमा सर्वसाधारण ठगिने क्रम यो पटक पनि रोक्न नसकेको उल्लेख गरे । उनले यातायात व्यवसायीसँग सरकारको मिलेमतो भएको बताए । 

उनले भने,‘सर्वसाधारण यात्रु सार्वजनिक यातायातबाट भाडामा चार गुणाले ठगिएका छन् । यसको कयौँ प्रमाण मसँग छ । सवारी भाडामा प्रायः सबै यात्रुहरु ठगिएका छन् । र पनि सरकार केही भएन भनिरहेको छ । खै ! बदमास एउटै यातायात व्यवसायीलाई कारबाही गरे ? गर्न सक्नुभयो ?।’

 उनले दशैंमा सार्वजनिक यातायात सहज र व्यवस्थित भएको भन्ने सरकारको भनाई गलत रहेको बताए । उनले सडकहरूको दुरावस्था, यातायात व्यवसायीहरूको मनलाग्दी र सरकारको बेवास्ताका कारण यो वर्ष पनि दशैँको सार्वजनिक यातायात सहज र सुलभ हुन नसकेको उल्लेख गरे ।

जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले सार्वजनिक यातायातमा यात्रुहरु ठगि रोक्नको लागि अनलाइन टिकट प्रणाली व्यवस्थित रूपमा लागू गर्न आवश्यक रहेको बताए । उनले सबै सार्वजनिक यातायातका सवारी साधनमा भाडा दर सहज रूपमा हेर्न सक्ने प्रणालीको विकास गर्नसके ठगि नियन्त्रण गर्न सकिने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ