arrow

नेपाललाई तरंगित बनाएर फर्के गुटेरेस [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १५ बुधबार
guterrs-2080-07-15 (17).jpg

काठमाडौँ । संयुक्त राष्ट्र संघ महासचिव एन्टोनियो गुटेरेस नेपालको चार दिने औपचारिक भ्रमण सकेर फर्किएका छन् । आज उनलाई उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा बिदाइ गरे । 

सो अवसरमा परराष्ट्र मन्त्रालयका उच्च अधिकारी, नेपालस्थित संयुक्त राष्ट्रसङ्घको कार्यालयका प्रतिनिधिलगायत उपस्थित थिए । महासचिव गुटेरेसको बिदाइमा नेपाली सेनाले सम्मान गारत अर्पण गरेको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपालको औपचारिक भ्रमणका लागि यही कात्तिक १२ गते यहाँ आएका थिए । 

महासचिव गुटेरेसले भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।

साथै नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्रीद्वय खड्का र नारायणकाजी श्रेष्ठ तथा परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसँग महासचिव गुटेरेसको अगल–अलग भेटवार्ता भएको थियो ।

भ्रमणका क्रममा महासचिव गुटेरेस सगरमाथा र अन्नपूर्ण आधार क्षेत्रका साथै पोखरा र लुम्बिनीसमेत गएका थिए । उनले ऐतिहासिक एवं पुरातात्विक महत्वको सम्पदास्थल ललितपुरको पाटन दरबार क्षेत्रको अवलोकन गरेका थिए । 

प्रधानमन्त्री दाहालले महासचिव गुटेरेसको सम्मानमा सांस्कृतिक कार्यक्रमसहितको रात्रिभोजको आयोजना गरेका थिए । भ्रमणका दौरान उनले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गरेका थिए ।

गुटेरेसले नेपालको संक्रमणकालीन न्याय, जलवायु परिवर्तन र शान्ति सेनामा नेपाली सेनाको भूमिका लगायतका विषयलाई प्राथमिकता दिएका थिए । 

उनले संक्रमणकालीन न्यायको मुद्दा छिटो टुंगाउन पनि अपील गरेका छन् । 

guterrs-2080-07-15 (1).jpg
guterrs-2080-07-15 (2).jpg
guterrs-2080-07-15 (3).jpg
guterrs-2080-07-15 (4).jpg
guterrs-2080-07-15 (5).jpg
guterrs-2080-07-15 (6).jpg
guterrs-2080-07-15 (7).jpg
guterrs-2080-07-15 (8).jpg
guterrs-2080-07-15 (9).jpg
guterrs-2080-07-15 (10).jpg
guterrs-2080-07-15 (11).jpg
guterrs-2080-07-15 (12).jpg
guterrs-2080-07-15 (13).jpg
guterrs-2080-07-15 (14).jpg
guterrs-2080-07-15 (15).jpg
guterrs-2080-07-15 (16).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ