arrow

आयोगले जुरायो मिति

राष्ट्रिय सभाको निर्वाचन माघ मध्यसम्म [भिडियो]

रिक्त तीनै तहमा वैशाखमा निर्वाचन

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १५ बुधबार
dinesh-thapaliya-2080-07-15.jpg

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय सभाको निर्वाचन माघको दोस्रो हप्ता सम्ममा गर्ने गरी तयारी गरेको छ । 

आयोगले अगामी फागुन २१ गते रिक्त हुन आउने १९ जना राष्ट्रिय सभा सदस्य पदका लागि माघको दोस्रो हप्ता सम्ममा निर्वाचन गर्ने तयारी गरेको हो । 

बुधवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सो कुरा जानकारी दिएका हुन् ।

 उनले फागुन २१ गते २० जना राष्ट्रिय सभा सदस्यको पद रिक्त हुने र त्यसमध्ये १९ जनाको ठाउँमा निर्वाचन गर्नुपर्ने बताए। आयोगले माघको १०, ११ अथवा १२ गते भित्रमा निर्वाचन गर्ने गरी तयारी गरिरहेको बताए ।

साथै आगामी वैशाख महिनामा तीनै तहका निर्वाचन हुने भएको छ । रिक्त रहेको स्थानमा प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहका विभिन्न पदहरूमा आगामी वैशाख महिनामा निर्वाचन गर्ने गरी सरकारलाई परामर्श दिइएको उनको भनाई छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ