arrow

अधिवेशन अन्त्यको तयारीबीच बस्दै संसद

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १६ बिहिबार
Parliament_building.png

काठमाडौँ । चालू अधिवेशन अन्त्यको तयारीका बीच संसद बैठक बस्दैछ । आज प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै छ । 

आज बिहान ११ बजेबाट शुरु हुने प्रतिनिधि सभामा चालू अधिवेशनमा विभिन्न मन्त्रालयबाट उत्तर प्राप्त भएका सबै मौखिक तथा लिखित प्रश्न र उत्तरहरू सम्बन्धित मन्त्रीहरूबाट टेबुल गरिनेछ ।

सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउने छन् । साथै प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले “राष्ट्रिय दलित आयोगको दोस्रो वार्षिक प्रतिवेदन आ.व. २०७८-७९” र “राष्ट्रिय दलित आयोगको तेस्रो वार्षिक प्रतिवेदन आ.व. २०७९-८०” पेश गर्ने कार्यसूची छ ।

त्यस्तै राष्ट्रिय सभाको बैठक दिउँसो १ बजे बस्नेछ । आजको राष्ट्रिय बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रीपरिषद् सदस्यहरूको कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने, विधायन व्यवस्थापन समितिका सभापति जयन्तीदेवी राईले विद्युतीय व्यापार विधेयक, २०८० सम्बन्धी समितिको प्रतिवेदन सभा समक्ष पेस गर्नेछिन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ