arrow

क्रिकेट समर्थकको क्रेज

बाह्रौँ खेलाडीले जिताउन नसकेको खेल [फोटोफिचर]

शुक्रबार यूएईलाई हराउँदै फाइनलमा नेपाललाई पुर्‍याउन मैदानका ११ खेलाडीले राम्रो त खेल्नै पर्छ मैदान बाहिर रहेका १२ औँ खेलाडीले राम्रो खेल्नेमा शंका छैन

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १६ बिहिबार
t20-nepal-oman-tu-(9).jpg

काठमाडौँ । नेपाली क्रिकेटका समर्थकहरु निकै नै कट्टर छन् । एसोसिएट राष्ट्रमा सबैभन्दा बढी क्रिकेट समर्थकहरु नेपालकै छन् । 

उनीहरु मैदानमै गएर टिमलाई हौसला दिने गर्छन् । टिमका लागि उनीहरुले निकै नै महत्वपूर्ण भूमिका खेलेका हुन्छन् । 

भलै मैदानमा भएका सबै ११ खेलाडीले राम्रो खेलुन् वा नखेलुन् । ती ११ जना सबै खेलाडी फर्ममा हुन् वा नहोउन् मैदान बाहिर रहेका १२ औँ खेलाडी सधै फर्ममा हुन्छन् । 

ती १२ औँ खेलाडी फर्ममा भएर पनि ओमानजस्तो कमजोर आँकिएको टिमलाई नेपालले बिहीबार हराउन सकेन । 

काठमाडौँमा जारी विश्वकप टी–२० एसिया छनोट क्रिकेट प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा नेपाल पराजित भएको हो । 

त्रिविवि मैदान कीर्तिपुरमा नेपाल ओमानसँग पाँच रनले पराजित भयो । १४६ रनको चुनौती पछ्याउने क्रममा कुनै पनि अग्र र मध्यक्रमका ब्याट्सम्यानले संयमपूर्वक ब्याटिङ नगरेसँगै १४० रनमा रोकिएको हो । 

अन्तिम ओभरमा जितका लागि २६ रनको जरुरी भएका बेलामा विवेक यादवले सनसनीपूर्ण ब्याटिङ गर्दै तीन छक्का प्रहार गरे पनि टिमलाई जिताउन सकेनन् । उनी २४ बलमा ५ छक्काको मद्धतले ३९ रन बनाएर आउट भए । 

त्यस्तै करण केसीले ११ बलमा १५ रन बनाए । यसअघि आठौँ विकेटका लागि विवेक र करण मिलेर ५४ रनको साझेदारी गरेका थिए । 

नेपालले ८५ रन जोड्दा ८ विकेट गुमाइसकेको अवस्थामा विवेक र करणले नेपालको लज्जास्पद हार जोगाएका थिए । 

नेपालका लागि ओपनर कुशल भुर्तेलले १८ बलमा २६ रन बनाए । ओमानले खराब फिल्डिङ गर्ने क्रममा केही क्याचसमेच छाडेको थियो । 

कप्तान रोहित पौडेल, सन्दीप जोरा र सोमपाल कामीले समान १२ रन बनाए भने आसिफ शेखले ५, गुल्सन झाले ३, सन्दीप लामिछानेले २ तथा अबिनाश बोहराले १ बलमा अविजित रहँदै १ बल बनाए ।

यसअघि खेलमा टस जितेर नेपालले पहिले बलिङ गर्दै ओमानलाई १४५ रनमै रोकेको थियो ।  

ओमानले ९ विकेटको क्षतिमा उक्त योगफल जोडेको हो । जिशन मसुदले ३२, निशम खुशीले २५ तथा प्रतिक अथभालेले २४ रन बनाए । 

नेपालका लागि करण केसीले सर्वाधिक ३ विकेट लिए । त्यस्तै सोमपाल कामी र सन्दीप लामिछानेले २–२ विकेट लिए । अबिनाश बोहरा र गुल्सन झाले १–१ विकेट लिए । 

यसअघिका दुई खेल जित्दै यसअघि नै सेमिफाइनलमा प्रवेश गरेको नेपाल ओमानसँग पराजित हुँदै उपविजेतामै चित्त बुझाएको छ । 

ओमानसँग समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको छ । समूह एबाट सिंगापुर र मलेसिया बाहिरिएका छन् ।

नेपालले यसअघि मलेसियालाई ६ विकेटले र सिंगापुरलाई ८ विकेटले हराएको थियो । 

नेपाल समूहको उपविजेता भएसँगै अर्को समूहको विजेता यूएईसँग सेमिफाइनलमा खेल्ने भएको छ । 

शुक्रबारको खेल

यो खेल शुक्रबार हुँदैछ । शुक्रबारको खेलमा पनि १२ औँ खेलाडीले मैदानमा गएर नेपाली टोलीलाई हौसला दिन कुनै कसर बाँकी राख्ने छैनन् । 

तर के नेपाली टिमले १२ औँ खेलाडीलाई खुशी राख्न तयार छ त ? 

यही नेपाली टिम हो जसले यूएईलाई हराएरै विश्वकप एक दिवसीय क्रिकेटको सिधै क्वालिफायर खेल्न पाएको थियो । 

यही यूएईलाई हराएरै नेपालले पहिलो पटक एसिया कप क्रिकेट खेल्न पाएको थियो । 

अब शुक्रबारको खेलमा पनि फेरि यूएईलाई हराएर नै हराएर नेपाल फाइनलमा पुग्दै विश्वकप टी–२० क्रिकेटको क्वालिफायर यात्रा बनाउन चाहन्छ । 
 

t20-nepal-oman-tu (1).jpg
t20-nepal-oman-tu (2).jpg
t20-nepal-oman-tu (3).jpg
t20-nepal-oman-tu (4).jpg
t20-nepal-oman-tu (5).jpg
t20-nepal-oman-tu (6).jpg
t20-nepal-oman-tu (7).jpg
t20-nepal-oman-tu (8).jpg
t20-nepal-oman-tu (9).jpg
t20-nepal-oman-tu (10).jpg
t20-nepal-oman-tu (11).jpg
t20-nepal-oman-tu (12).jpg
t20-nepal-oman-tu (13).jpg
t20-nepal-oman-tu (14).jpg
t20-nepal-oman-tu (15).jpg
t20-nepal-oman-tu (16).jpg
t20-nepal-oman-tu (17).jpg
t20-nepal-oman-tu (18).jpg
t20-nepal-oman-tu (19).jpg
t20-nepal-oman-tu (20).jpg
t20-nepal-oman-tu (22).jpg
t20-nepal-oman-tu (21).jpg
t20-nepal-oman-tu (23).jpg
t20-nepal-oman-tu (24).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ