arrow

मेरिनाले क्रिकेट टिमलाई ४० जोर सुट दिने

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १६ बिहिबार
merina-impex-can-2080.jpg

काठमाडौँ । मेरिना इम्पेक्सले नेपाली क्रिकेट टिमलाई ४० जोर सुट दिने भएको छ । राजधानीको बागबजारमा रहेको मेरिना इम्पेक्स र नेपाल क्रिकेट संघ (क्यान) बीच बिहीबार उक्त सम्झौता भएको हो ।

सो सम्झौताअनुसार मेरिना इम्पेक्सका तर्फबाट पवन खड्का र क्यानका तर्फबाट कोषाध्यक्ष पदमबहादुर खड्काले हस्ताक्षर गरेका छन् ।

नेपाली क्रिकेट टिमले विश्वकप टी–२० एसिया छनोट खेलिरहँदा टिमलाई हौसला प्रदान गर्नका लागि उक्त सहयोग गरेको मेरिना इम्पेक्स्ले जनाएको छ ।

नेपाली क्रिकेटले देशलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाएकाले क्रिकेट टिमलाई सहयोग गर्नुपर्ने दायित्वबोध गर्दै आफूहरुले सहयोग गरेको मेरिनाका अर्जुन बस्नेतले बताए ।

नेपाली क्रिकेट टिमले विश्वकपको एसिया छनोटको सेमिफाइनलमा शुक्रबार यूएईसँग मूलपानी मैदानमा बिहान ११ बजे खेल्नेछ । 

फाइनलमा पुग्ने दुई टिम विश्वकपका लागि छानिने छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ