arrow

नेपालको टिममा दीपेन्द्र फर्के, विवेक टिममै, सन्दीप आउट 

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १७ शुक्रबार
dipendra-singh-airee.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । काठमाडौँमा जारी टी–२० विश्वकपमा एसिया छनोटको सेमिफाइनलमा अहिले नेपाल र यूएईबीच भिडन्त हुँदैछ । 

मुलपानीस्थित क्रिकेट मैदानमा नेपालले टस हारेर पहिले बलिङ गर्दै गर्दा नेपाली टिममा दीपेन्द्रसिंह ऐरी फर्किएका छन् । उनी घाइते भएका कारण ओमानविरुद्ध खेलेका थिएनन् । 

दीपेन्द्र फर्किएसँगै सन्दीप जोरा टिमबाट बाहिरिएका छन् । दीपेन्द्रको ठाउँमा हिजो अवसर पाएका विवेक यादव भने टिममै रहेका छन् । विवेककै कारण हिजोको खेलमा ओमानविरुद्ध नेपाल लज्जास्पद हारबाट जोगिएको थियो । 

विवेकले अन्तिम ओभरमा तीन छक्का प्रहार गरेका थिए । 


नेपाल समूह बी को उपविजेता र युएई समूह ए को विजेता हुन् । समूह बी बाट ओमान विजेता र बहराइन उपविजेता भए । फाइनलमा प्रवेश गर्ने दुई टिम टी २० विश्वकपमा छनोट हुनेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ