arrow

कर्णाली प्रदेश सभामुख र उपसभामुख सवार गाडी दुर्घटना

logo
रासस,
प्रकाशित २०८० कार्तिक १८ शनिबार
karnali-pradesh-province-6.jpg
तस्बिर : फाइल

गलकोट। कर्णाली प्रदेशका सभामुख र उपसभामुख सवार गाडी बागलुङमा दुर्घटनामा परेको छ।

उक्त गाडीलाई मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् भने सभामुख सवार गाडीमा क्षति पुगेको छ। बागलुङको ढोरपाटन नगरपालिका–२ मल्कटिबाङस्थित मध्य पहाडी लोक मार्गमा बागलुङबाट रुकुमतर्फ जाँदै गरेको सभामुख र उपसभामुख सवार गाडीमा बुर्तिवाङबाट बागलुङतर्फ आउँदै गरेको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए।

रुकुम पूर्व हुँदै कर्णालीतर्फ जाँदै गरेको सभामुख नन्दा गुरुङ र उपसभामुख यशोदा न्यौपाने सवार कर्णाली प्रदेश २–००–१ झ ००९३ नम्बरको स्कर्पियो विपरीत दिशाबाट आउँदै गरेको ग ११ प ८१५७ नम्बरको मोटरसाइकलसँग एक आपसमा ठोक्किएर दुर्घटना भएको हो।

मोटरसाइकलमा तीन जना सवार थिए। मोटरसाइकल अनियन्त्रित भएर गाडीमा ठोक्किएको थियो। मोटरसाइकल चालक बागलुङको निसीखोला गाउँपालिका–२ तल्लो ब्याङ्ग्रीका १८ वर्षीय विमल खत्रीलाई थप उपचारका लागि पोखरा पठाइएको सूचना अधिकारी केसीको भनाइ छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ