arrow

नयाँ सांसदकाे तयारी

राष्ट्रिय सभाका अध्यक्षसहित २० सांसदको पदावधि सकिँदै, निर्वाचनको तयारी

पदावधि सकिन लागेकामा एमालेका ९, कांग्रेसका ४, माओवादीका ३, एकीकृत समाजवादीका २, जसपाका १ र स्वतन्त्र सांसद १ जना

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २० सोमबार
Parliament_building.png

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय सभामा रिक्त रहने सदस्य पदका लागि तयारी थालेको छ । राष्ट्रिय सभाका २० जना सांसदहरुको पदावधि फागुन २० मा सकिने भएपछि त्यसको तयारी थालेको हो । 

आयोगले त्यसकालागि संविधान अनुसार माघको दोस्रो साता (१०, ११ र १२ मध्ये एक दिन) निर्वाचन गराउने तयारी गरिरहेको छ । त्यसका लागि सरकारसाग परामर्श समेत आयोगले थालिसकेको छ । 

राष्ट्रिय सभामा अध्यक्ष गणेश तिमिल्सिना सहितका २० जनाको पदावधि सकिन लागेको हो । यसरी पदावधि सकिन लागेकामा एमालेका ९, कांग्रेसका ४, माओवादीका ३, एकीकृत समाजवादीका २, जसपाका १ र स्वतन्त्र सांसद १ जना गरी २० सांसद रहेका छन् । 

एमालेबाट राष्ट्रिय सभा अध्यक्षसमेत रहेका गणेश तिमिल्सिना, प्रमुख सचेतक भैरवसुन्दर श्रेष्ठ, इन्दु कडरिया, कुमार दसौँदी, दीपा गुरुङ, दिलकुमारी रावल थापा (पार्वती), नरपति लुवार, रामचन्द्र राई र विमला राई पौड्याल रहेका छन् । 

त्यस्तै नेपाली कांग्रेसको तर्फबाट रमेशजंग रायमाझी, अनिता देवकोटा, प्रकाश पन्थ र जितेन्द्रनारायण देव रहेका छन् । 

माओवादी केन्द्रबाट विना पोखरेल, महेशकुमार महरा, हरिराम चौधरी तथा एकीकृत समाजवादीका तर्फबाट नन्दा चपाईं, सिंगबहादुर विश्वकर्मा र जसपाकी प्रमिलाकुमारी यादव रहेका छन् । 

खिमलाल देवकोटाको पनि यही समयमा पदावधि सकिँदैछ । उनीहरुको स्थानमा को–कसलाई पठाउने भन्ने बारेमा दलहरुबीच छलफल अघि बढेको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ