arrow

विश्वकप टी–२० मा छनोट भएका नेपाली टिमका क्रिकेट खेलाडीलाई जनही १३ लाख 

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २१ मंगलबार
nepal-cricket-t20-worldcup-qualifying.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अमेरिका र वेस्ट इन्डिजले सन् २०२४ मा संयुक्त आयोजना गर्ने विश्वकप टी–२० क्रिकेट प्रतियोगितामा छनोट हुन सफल नेपाली क्रिकेट टोलीको नगद पुरस्कार सिफारिस गर्ने निर्णय गरेको छ ।

राखेप कार्यकारी समितिका संयोजक राखेपका सदस्य–सचिव टंकलाल घिसिङको अध्यक्षतामा मंगलबार बसेको बैठकले नगद पुरस्कार सिफारिस गर्ने निर्णय गरेको हो । 

१५ खेलाडी तथा समान १–१ मुख्य प्रशिक्षक, सहायक प्रशिक्षक, व्यवस्थापक र फिजियो गरी जम्मा १९ जनाका लागि २ करोड ४ लाख ७५ हजार रुपैयाँ नगद पुरस्कार सिफारिस गर्ने निर्णय भएको छ ।

खेलाडीले जनही १३ लाख, मुख्य प्रशिक्षकका लागि ३ लाख ९० हजार, सहायक प्रशिक्षक, व्यवस्थापक र फिजियोका लागि १ लाख ९५ हजार नगद पुरस्कार सिफासिर गरिएको छ । 

गत आइतबार सम्पन्न आईसीसी पुरुष टी–२० विश्वकपको एसिया क्षेत्र छनोटको फाइनलमा पुग्दै नेपालले विश्वकपमा स्थान पक्का गरेको हो । 

फाइनलमा भने नेपाल ओमानसँग सुपर ओभरमा पराजित भयो । नेपालले दोस्रो पटक विश्वकप टी–२० खेल्दैछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ