arrow

साँगामा आगलागी 

logo
सरोजश्री अधिकारी, 
प्रकाशित २०८० कार्तिक २३ बिहिबार
fire-home-2080-07-23.jpg

काभ्रेपलाञ्चोक ।  बनेपा नगरपालिका साँगामा आगलागी भएको छ । बिहान १०ः४५ को समयमा पुरानो साँगा बस्ने बद्रिनाथ जोशीको घरमा आगलागी भएको हो । 

ईँटा र जस्ताले छाएको ३ तले घरमा भान्छाकोठाको ग्यास लिग भएर आगलागी भएको प्रहरीको भनाइ छ ।

आगलागी भएको खबर पाउनासाथ तत्काल प्रहरी चौकीबाट प्रकाश थापाको कमाण्डमा खटिएको ७ जनाको टोली, जिल्ला प्रशासन कार्यालय काभ्रेबाट प्रहरी उपरीक्षकको कमाण्डमा खटिएको ७ जनाको टोली र इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको टोलीको संयुक्त प्रयासमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

घटनास्थलमा बनेपा नगरपालिका, धुलिखेल नगरपालिका र भक्तपुर नगरपालिकाको दमकलसमेतको मद्धतले १२ः३५ बजेको समयमा आगो पूर्णरुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए।

आगलागीबाट अन्दाजी एक करोड रुपैयाँ बराबरको क्षति भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ