arrow

तिहारको कोसेली [फोटोफिचरसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २५ शनिबार
dhaka-2080-07-25 (15).jpg

पाल्पा । नेपालीहरुको महान् चाड दशैँ सकिए लगत्तै अर्को दोस्रो महान् चाड तिहार नजिकिएको छ । तिहार अर्थात् भाइटीका, दशैँपछिको दोस्रो महान् चाड मानिन्छ । 

यस चाडले चेलीबेटी र माइतीबीचको प्रगाढ सम्बन्धको महत्व प्रतिबिम्बित गर्छ । चेलीबेटीले आफ्ना दाजुभाइको दीर्घायुको कामना गर्दै दुबो, तेलले छेकेर, मखमली, सयपत्रीको मालासँगै सप्तरङ्गी टीका लगाइदिन्छन् । दाजुभाइले पनि आफ्ना चेलीबेटीको आशीर्वादलाई स्वीकार्छन् ।

भाइटीका खास हुनुको अर्को कारण भनेको यसमा पूजा गर्ने विधि हो । इतिहास पल्ट्याउँदा यमुनाले आफ्ना दाजु यमराजलाई कसैले मार्न नसकोस् भन्ने कामना गर्दै भाइटीका लगाइदिएकी थिइन् । उनले यमराजलाई आफ्नै घरमा आउन निम्तो दिइन् । अनि तेल, दुबो, मखमली र सयपत्रीको माला लगाइदिएर भाइटीका लगाइदिइन् ।

यसरी भाइटीका लगाउने प्रचलन शुरु भएको भन्नेछ । समयसँगै भाइटीकालाई सप्तरङ्गी टिका सङ्गै बिभिन्न मीठामीठा परिकारसँगै कोसेली दिने प्रचलनमा आएको हो । 

चेलिबेटीले ढाकाको टोपी र दाजुभाइले दिदीबहिनीलाई ढाकाको चोलो, सल दिने चलन चलिआएको छ । ढाका र तिहारको सम्बन्ध पनि पुरानै रहेको पाल्पाली ढाका कपडा उद्योग स्वदेशी बस्त्रकला भण्डारका सागरमान महर्जन बताउँछन् ।

 'दिदीबहिनीले टीका दिइसकेपछि शिर खाली नराख्नको र शिर छोप्नको लागी ढाकाको टोपी लगाइदिने प्रचलन आएको हो', उनी भन्छन्, 'दाजुभाइले पनि दक्षिणासँगै चोखो ढाकाको कपडा, सल, चोलो आदि दिने चलन चल्दै आएको छ ।' 

ढाकाको टोपी दिने चलन उहिल्लैदेखि रहेको इतिहासविद्हरुको दाबी छ । ‘कुनै पनि राम्रो शुभ कार्यमा सल ओडाउने प्रचलन छ त्यसैलाई जोडेर पनि तिहारमा दाजुभाइले दिदी बहिनीलाई सल ओडाउने चलन रहेको छ’, महर्जन थप्छन् ‘धार्मिक सँगसँगै स्वास्थ्यलाई पनि जोडेर जाडो शुरु हुनअघि तिहारमा दिदीबहिनीलाइ सल, चोलो दिने गरिँदै आएको छ ।’ 

पाल्पाली ढाकालाई प्राथमिकतामा राख्दै बजारमा मेशिनले बुनेको ढाकाको सामग्रीहरु बढिरहेको देख्दा पाल्पाका ढाका व्यवसायीहरु चिन्तित छन् । हाते तानले बुनेको ढाकालाई सरक्षण गर्न पाल्पाका ढाका उद्योगहरु मिलेर पाल्पाली ढाका सघं स्थापना गरेका छन् । 

पाल्पाली ढाकालाई बजारीकरण र व्यवस्थापन गर्नको लागि पाल्पाली ढाका संघ स्थापना भएको अध्यक्ष तथा पाल्पाली ढाकाकी संस्थापक पूर्णमाया महर्जनले बताइनन् ।

पाल्पाली ढाका संघमा हाल ९ वटा उद्योगहरु आबद्ध छन् । इतिहास हेर्दा पाल्पामा ढाका टोपी र चोलो उत्पादन हुँदा काठमाडौमा बंगलादेशको राजधानी ढाकाबाट ढाका बुट्टेदार कपडा आउँथ्यो । 

विसं २०१५ सालतिर स्व. गणेशमान महर्जनले बंगलादेशबाट तान ल्याएर पाल्पामा ढाका बुन्न शुरु भएको हो । ढाकाको जस्तै बुट्टा भएको कपडा पाल्पामा पनि उत्पादन हुने थालेपछि पाल्पाको कपडालाई आम रूपमा पाल्पाली ढाका भन्न थालिएको हो । 

दशैँ तिहार भनेको ढाकाको व्यापार उच्च हुने समय रहेको पौडेल पाल्पाली ढाका उद्योगका मनोजराज शर्मा पौडेल बताउँछन् । ‘दशैँ र तिहार लक्षित ढाकाको टोपि, सल, चोलो को व्यापार बढि हुने गर्दछ’, उनी भन्छन्, ‘छुट्टीको समयमा भ्रमणहरु पनि बढी आउने भएकाले पनि दशँै तिहारमा व्यापार राम्रै छ ।’ 

कोभिडपछि विस्तारै भ्रमण पनि बढेसँगै पाल्पाका ढाका पसलहरुमा भीडभाड बढेको छ । नयाँ पुस्तालाई मध्यनजर गर्दै पाल्पाका उद्योगीहरुले ढाकाबाट उत्पादित कुर्ता, सर्ट, ल्यापटप ब्यागहरु पनि उत्पादनमा जोड दिएका छन् ।

काठमाडौँबाट रानीमहल घुम्न आएका तिलक न्यौपाने पनि ढाकाको नयाँ स्वरूपका रूपमा उत्पादन भएका सर्टहरु ल्यापटप ब्यागहरु पाएकोमा निकै खुशी भए ।

तिहारको लगि ढाकाको टोपी मात्र नभइ आस्कोट, टाइ, ब्याग दिदीबहिनीका लागि पछ्यौरा, सारी, कुर्ता सुरुवाल, झोलालगायतका सामानहरु पनि पाउँदा निकै खुशी लागेको उनले बताए । 

उनी भन्छ्न, ‘नेपालमै पनि आफ्नै सामग्रीबाट बनाउन सकिँदो रहेछ भन्ने पनि देखियो ।’

यही सिजनमा पाल्पाली ढाकाको ५ करोड बढीको व्यापार हुन्छ ।
 

dhaka-2080-07-25 (1).jpg
dhaka-2080-07-25 (2).jpg
dhaka-2080-07-25 (3).jpg
dhaka-2080-07-25 (4).jpg
dhaka-2080-07-25 (5).jpg
dhaka-2080-07-25 (6).jpg
dhaka-2080-07-25 (7).jpg
dhaka-2080-07-25 (8).jpg
dhaka-2080-07-25 (9).jpg
dhaka-2080-07-25 (10).jpg
dhaka-2080-07-25 (11).jpg
dhaka-2080-07-25 (12).jpg
dhaka-2080-07-25 (13).jpg
dhaka-2080-07-25 (14).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ