arrow

चार देशीय टी–२० खेल्न नेपाली टोली हङकङमा, इन्दूको नेतृत्व

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २६ आइतबार
woment20-cricket-2023.jpeg

काठमाडौँ । हङकङमा आयोजना हुने चार देश सम्मिलित महिला टी–२० क्रिकेट श्रृङ्खला खेल्न नेपाली राष्ट्रिय महिला क्रिकेट टोली आइतबार त्यसतर्फ प्रस्थान गरेको छ । 
    
यही कात्तिक २९ देखि मंसिर ३ गतेसम्म सञ्चालन हुने उक्त शृङ्खलामा विभिन्न चार टोलीले प्रतिस्पर्धा गर्नेछन् । जसमा आयोजक हङकङसहित नेपाल, ताञ्जेनिया र जापान छन् । शृङ्खलाको पहिलो खेलमा नेपालले यही कात्तिक २९ गते भाइटीकाको दिन ताञ्जेनियासँग खेल्नेछ ।
    
त्यसैगरी नेपालले कात्तिक ३० मा आयोजक हङकङसँग खेल्नेछ भने आगामी मंसिर २ गते जापानसँग खेल्नेछ । शीर्ष दुई टोलीले उपाधिका लागि मंसिर ३ गते खेल्नेछन् । त्यस्तै तेस्रो स्थानको भिडन्त पनि सोही दिन हुनेछ । उक्त शृङ्खलाका सबै खेल हङकङ क्रिकेट क्लबको मैदानमा हुनेछ । 
    
नेपाली टोलीमा कप्तान इन्दू बर्मासहित उपकप्तान बिन्दू रावल, रुविना क्षेत्री, सीता रानामगर, खुशी डङ्गोल, सोमु विष्ट, सङ्गीता राई, कञ्चन श्रेष्ठ, सोनी पाख्रिन, पूजा महतो, रोमा थापा, काजोल श्रेष्ठ, सम्झना खड्का र रुवि पोदार छन् । 

इन्दू कप्तान
नेपाल क्रिकेट संघ क्यानले गत बिहीबारमात्रै इन्दूलाई राष्ट्रिय महिला क्रिकेट टिमको नयाँ कप्तान बनाएको हो । 

क्यानले बिहीबार हङकङ सिरिजका लागि राष्ट्रिय टिमको घोषणा गर्दै इन्दूलाई नयाँ कप्तानको रुपमा जिम्मेवारी दिएको हो ।

महिला टिमको उप कप्तानको रुपमा जिम्मेवारी सम्हाल्दै आएकी इन्दू महिला क्रिकेट टिमको नयाँ कप्तान बनेकी हुन् ।

यस्तै क्यानले रिक्त रहेको महिला टिमको उपकप्तानमा बिन्दू रावललाई नियुक्त गरेको छ । 

लामो समय रुबिना क्षेत्रीले कप्तानी सम्हाल्दै आएकी थिइन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ