arrow

विधेयक पारित गर्न मन्त्रीहरू गम्भीर देखिएनन् [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २७ सोमबार
ganesh-timalsina-new.jpg

काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विधेयक पारित गर्नका लागि मन्त्रीहरूमा गम्भीरता नदेखिएको बताएका छन् । अध्यक्ष तिमिल्सिनाले विधेयक पारित गर्नका लागि सम्बन्धित मन्त्रालयका मन्त्रीहरूले गम्भीरता नदेखाएका बताएका हुन्। उनले मन्त्रीहरूले विधेयक ल्याउनका लागि नै चासो नदेखाएका बताए । 

त्यस्तै संसद र समितिमा विधेयकको सम्बन्धमा छलफल भइरहँदा पनि मन्त्री अनुपस्थित हुने गरेको भन्दै उनले यसबाट मन्त्रीहरूमा विधेयकप्रति कुनै गम्भीरता नभएको स्पष्ट हुने बताए । उनले संसद्मा विधेयकको सम्बन्धमा छलफल भइरहँदा पनि मन्त्रीहरू अन्य काममा हिँड्ने गरेका बताए । मन्त्रीहरूले आफ्नो विधेयक कहाँ पुग्यो भनेर सोधखोज समेत नगर्ने गरेको उनको भनाई छ ।

अध्यक्ष तिमिल्सिनाले विधेयकलाई गुणस्तरीय बनाउनका लागि विधेयकको मस्यौदा बनाउँदादेखि नै ध्यान पुर्‍याउनुपर्ने बताए । उनले विधेयकको मस्यौदा गर्दा सम्बन्धित विषयको गाम्भिर्यता, दूरगामी प्रभाव तथा राष्ट्र र जनताको हितलाई केन्द्रबिन्दुमा राखेर गर्नुपर्ने बताए । उनले आफ्नो हितलाई मात्रै केन्द्रबिन्दुमा राखेर विधेयक निर्माण गर्नु नहुने भन्दै त्यसो गरिएमा विधेयकमा गुणस्तरीयता नआउने बताए ।

अध्यक्ष तिमिल्सिनाले विधेयक बनाउने कुरामा सांसदहरूले पनि गम्भीरतापूर्वक ध्यान दिनुपर्ने बताए । उनले सांसदहरूले विधेयकको गहन अध्ययन गर्नुपर्ने बताए । त्यसैगरी राजनीतिक दलहरूले पनि आफ्ना सांसदहरूलाई विधेयकहरू निर्माण गर्ने सन्दर्भमा प्रशिक्षित गर्नु आवश्यक रहेको उनले बताए । त्यस्तै मतदाताहरूले पनि आफुले निर्वाचित गरेको सांसदलाई भूगोलमा भन्दा पनि विधायन निर्माणको काममा केन्द्रित हुन दिनुपर्ने उनले बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ