arrow

राजधानीमा ग्यास सिलिन्डर लिक हुँदा आगलागी

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २७ सोमबार
fire-final_1618024271.jpeg
तस्बिर – फाइल ।

काठमाडौँ । काठमाडौँ महानगरपालिका–३१ बस्ने शिवकुमार राईको घरमा ग्यास सिलिण्डर लिक भई आगलागी हुँदा करिब रु पाँच लाख बराबरको धनमाल नष्ट भएको छ ।

ललितपुर महानगरपालिका–२८ हरिसिद्धि खरिबोट नजिक डेरा गरी बस्ने सप्तरी घर भएका ३९ वर्षीय लोचन मुखियाको जाल्पा फर्निचरभित्र करेन्ट सर्ट भई आगलागी हुँदा करिब रु १० लाख बराबरको धनमाल नष्ट भएको छ । 

यस्तै ललितपुर महानगरपालिका–१५ खुमलटारस्थित महालक्ष्मी नगरपालिका–५ लुभुमा रहेको न्यू मनकामना हार्डवेयरमा विद्युत् सर्ट भई आगलागी हुँदा करिब रु १५ लाख बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ