arrow

ठूलो सङ्कटबाट गुज्रिरहेको रुस- अमेरिका सम्बन्ध जुनसुकै बेला विच्छेद हुनसक्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १ शुक्रबार
america-russia.jpg

काठमाडौँ । रुस र संयुक्त राज्य अमेरिका बीचको सम्बन्ध अहिले ठूलो सङ्कटबाट गुज्रिरहेको छ ।

दुई देशबीचको सम्बन्ध कुनै पनि बेला विच्छेद हुनसक्ने रुसी विदेश मन्त्रालयले बिहीबार जनाएको छ।

रुस र संयुक्त राज्य अमेरिका बीचको कूटनीतिक सम्बन्धको पुनः स्थापनाको ९० औँ वर्षगाँठको उपलक्ष्यमा सो आशय बाहिरिएको हो । 

परराष्ट्र मन्त्रालयले दुई देशबीचको सम्बन्धलाई प्रतिबिम्बित गर्दै यस आशयको विज्ञप्ति जारी गरेको छ ।

वाशिङ्गटनको "रुसोफोबिक" (रुस र रिसी जनताप्रिको डर, वितृष्णा) गतिविधिका कारण सम्बन्ध विच्छेदन हुने जोखिममा रहेको मन्त्रालयले जनाएको छ ।

"यो रुसको छनोट होइन, यद्यपि, संयुक्त राज्य अमेरिकाले चालेका गैरजिम्मेवार कदमहरूले द्वन्द्वलाई बढावा दिइरहेको छ ... र यसले विनाशकारी नतिजा निम्त्याउन सक्छ," विदेश मन्त्रालयले बताएको छ । 

वाशिङ्गटनले आफ्नो सैद्धान्तिक उद्देश्यमा ध्यान केन्द्रित गर्दै रूसलाई गलहत्याउने रणनीतिका कारण द्विपक्षीय सम्बन्ध बिग्रिएको रुसको दाबी छ। 

अमेरिकी आधिपत्य र प्रभुत्वलाई "आधारभूत विश्वदृष्टिकोण" मान्ने वर्तमान अमेरिकी राजनीतिक अभिजात वर्गका नीतिहरूले पनि सम्बन्धलाई ठूलो मात्रामा बाधा पुर्यािएको रुसको बुझाइ छ ।

संयुक्त राज्य अमेरिका रुसका जनताको अशान्ति र स्थीर शासन व्यवस्था परिवर्तनलाई व्यवस्थित गर्नमा केन्द्रित छ, र यसले यी लक्ष्यहरू प्राप्त गर्न स्रोतहरू लगानी गरिरहेको छ, विज्ञप्तिमा भनिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ